एकाबिहानै त्रिशुली नदीमा खस्यो बस, ६ जनाको मृत्यु
- BFIS News
- 2024 Mar 06 07:56
काठमाडौं । धादिङ गजुरीको गलौदीमा सडकबाट बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनास्थलबाट ३५ जनालाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
लु १ ख २१२१ नम्बरको उक्त बस कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै थियो । बस बिहान करिब ४:४० बजेतिर त्रिशूलीमा खसेको हो। बसमा कति यात्रु थिए भन्ने खुलिनसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया