अभिकर्ताको अनलाइन परीक्षा प्रणालीमा समस्या, परीक्षा स्थगित
- BFIS News
- 2024 Mar Wed 10:51
काठमाडौं । अभिकर्ताको अनलाइन परीक्षा प्रणालीमा समस्या देखिएको छ । यसरी अनलाइन प्रणालीमा समस्या देखिए पछि बीमा प्राधिकरणले आज विहान साढे ८ बजे तय गरेको परीक्षा स्थगित गरेको थियो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । प्राधिकरणले नियमित रुपमा अभिकर्ताको परीक्षा अनलाइन प्रणालीबाट लिदै आइरहेको छ । बीमा प्राधिकरण एक्लैले सम्पुर्ण जीवन बीमा कम्पनीका अभिकर्ताको परीक्षा सञ्चालन गर्दा कतिपय अवस्थामा समय नै नपाउनेसम्मका समस्या देखिदै आएको छ ।
प्रतिक्रिया