NIMB Header 2
Nepal Life

नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

National Life
  • BFIS News
  • 2024 Mar 06 12:25
नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। मंगलबार राखेको रेकर्ड आज टुटेको हो। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

Shikhar
NIMB

यसअघि हिजो (मंगलबार) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार