NIMB Header 2
Nepal Life

नेपालगञ्ज भन्सार कार्यालयबाट आठ महिनामा ६२ प्रतिशत राजस्व सङ्कलन

National Life
  • BFIS News
  • 2024 Mar 06 19:25
नेपालगञ्ज भन्सार कार्यालयबाट आठ महिनामा ६२ प्रतिशत राजस्व सङ्कलन
Sanima Reliance

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

Shikhar
NIMB

केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही वर्षदेखि लक्ष्य पुगाउन सकिरहेको छैन । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म १६ अर्ब २७ करोड ३० लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो ।

सो अवधिमा १० अर्ब ६२ लाख पाँच हजार रुपियाँ राजस्व सङ्कलन गर्न सकेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । उनले लक्ष्यभन्दा ६ अर्ब कम राजस्व सङ्कलन भएको जनाउँदै राजस्व सङ्कलनमा लक्ष्य भेटाउन चुनौती देखिएको बताए ।  

सूचना अधिकारी लम्सालका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार राजस्व सङ्कलन लक्ष्य रहेकोमा १० अर्ब १ करोड ५३ लाख २१ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

चलु आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा बढी मङ्सिर महिनामा १ अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएको र सबैभन्दा कम कात्तिक महिनामा १ अर्ब २४ करोड २१ लख ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । 

सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आयात हुने वस्तुहरूमा डिजेल, पेट्रोल, एलपी ग्यास, चामल, फलाम, फलफूल, मकै, आलु, गहुँ, भटमासको पिना, स्टिल रहेका छन् भने सबैभन्दा बढी निर्यात भएका बस्तुहरूमा जडीबुटी, प्लाइउड, खयर कत्था, रोजिन, अदुवा, तार्पिनको तेल, दालचिनी, चोकर भुस, नौनी घ्यु, रिठ्ठालगायत छन् । 

कोरोना सुरु भए यता यो नाकाबाट लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार