NIMB Header 2
Nepal Life

अर्थतन्त्र शिथिल छ, नयाँ आशा जगाउने गरी काम गर्छु : अर्थमन्त्री पुन

National Life
  • BFIS News
  • 2024 Mar 07 08:05
अर्थतन्त्र शिथिल छ, नयाँ आशा जगाउने गरी काम गर्छु : अर्थमन्त्री पुन
Sanima Reliance

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन्।

Shikhar
NIMB

बुधबार पदभार ग्रहण गर्दै उनले भने, “अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ।”

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए। अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने  उनले उल्लेख गरे।

अर्थमन्त्री पुनले कार्यभार सम्हालेलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरे। त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरे।

विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए। विसं २०६८ मा अर्थमन्त्री बनेका भए पनि उनले वार्षिक बजेट ल्याउन पाएका थिएनन्। उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए।

विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव हुन्। रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनी कानुन सङ्कायमा स्नातक हुन्। विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा उनको जन्म भएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार