Nepal Life

अर्थमन्त्रीलाई शेयर बजारको आंशिक समर्थन, ‘पूँजी बजार सुधार गर्ने पुनको तत्परताले लगानीकर्ता उत्साहित’

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 15:18
अर्थमन्त्रीलाई शेयर बजारको आंशिक समर्थन, ‘पूँजी बजार सुधार गर्ने पुनको तत्परताले लगानीकर्ता उत्साहित’
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलाई शेयर बजारले आशिंक समर्थन गरेको छ । निवर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतको बहिर्गमन सँगै सर्किट लागेको शेयर बजारमा भोलि पल्टै अर्थमन्त्रीमा पुन आउने चर्चाले ७० अंकले घटेको थियो ।

NIMB

महतको वहिर्गमन सँगै अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउने चर्चाले सकारात्मक सर्किट लागेको थियो । तर पौडेल अर्थमन्त्री नहुने चर्चाले भोलि पल्टै ७० अंकले घट्यो । तर बुधबार अर्थमन्त्रीमा पुन बन्ने पक्का सँगै ३३ अंकले बढ्यो । बुधबारको सुधारलाई निरन्तरता दिदै आज बिहीबार नेप्से सूचक १३.५१ अंकले सुधार भएको छ । यसरी ७० अंकको गिरावटमा ४६ अंकको रिकभर भएको छ ।  

अर्थमन्त्री पुनले पूँजी बजारका तीन वटै निकायलाई पूँजी बजार सुधारका लागि तत्काल गर्नु पर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । यसले पनि लगानीकर्तामा केहि आशा पलाएको छ । पछिल्लो समय शेयर बजार सबैभन्दा तल्लो विन्दुमा झरेको छ ।

यसरी बजार लगातार तल्लो तहमा हुँदा लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै गइरहेको छ । यसरी मनोविज्ञान कमजोर हुनुमा निवर्तमान अर्थमन्त्रीको पूँजी बजारको दृष्टिकोण नकारात्मक हुनुलाई लिइएको छ । शेयर बजारलाई गभर्नर फ्याक्टरले सबैभन्दा धेरै प्रभावित पारेको छ । गभर्नर महाप्रसाद अधिकारी र गएका अर्थमन्त्रीहरु विच ट्युनिङ नमिल्दा शेयर बजार मैत्री मौद्रिक नीति आउन सकेको थिएन ।

गभर्नर अधिकारी नेकपा एमालेका क्याडर भएकाले पनि उनले सरकारको सफलता र असफलतामा खेलिरहेको विश्लेषण हुँदै आएको छ । अहिले सरकारमा नेकपा एमाले पनि समावेश भएको हुँदा उनले विगतका सरकारलाई गरेको व्यवहारमा केहि परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

साताको अन्तिम दिन शेयर कारोबार भने तीन अर्ब १९ करोड रुपैयाँको भएको छ । होटल, म्युचुअल फण्ड र व्यापारको सूचक बाहेक सबै सूचकमा सुधार देखिएको छ । अझै पनि सरकारको गठबन्धनमा केहि हुने हो कि भन्ने शंशय भएका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । त्यसैले सरकारले संसदबाट विश्वासको मत प्राप्त नगरुन्जेल अहिलेको सरकार प्रति विश्वास गर्ने वातावरण छैन । यहि कारणले गर्दा पनि कारोबार रकममा खासै सुधार हुन सकेको छैन ।

शेयर बजार कहिले प्राविधिक विश्लेषण त कहिले राजनीतिक घटनाक्रमले प्रभावित हुँदै आइरहेको छ । अर्को तर्फ आर्थिक मन्दीले थिलिएको अर्थतन्त्रलाई सुधार गर्न वर्तमान अर्थमन्त्रीले कस्तो भुमिका खेल्छन् भन्ने कुराले पनि प्रभाव पार्नेछ ।

त्यसमा पनि अहिलेका अर्थमन्त्री तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका अर्थमन्त्री हुन् । बाबुराम भट्टराई शेयर बजारका प्रतिद्वन्दीका रुपमा परिचित छन् । यसले गर्दा अर्थमन्त्रीको कार्यशैलीलाई केहि समय लगानीकर्ताले हेर्नेछन् । उनि लगानीकर्ताको कुरा सुन्ने तथा अर्थतन्त्रका विषयमा सकारात्मक भएर सहि निर्णय गर्न चुकेनन् भने उनलाई शेयर बजारले पक्कै पनि विश्वास गर्नेछ र उनको सफलता र असफलताको मापनमा इट्टा थप्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया