Nepal Life

बैंकर्स संघले अर्थमन्त्री पुनलाई दियो बधाई, अर्थतन्त्रमा देखिएका चुनौतीहरुको जुटेर समाधान गर्ने प्रतिवद्धता

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 18:35
बैंकर्स संघले अर्थमन्त्री पुनलाई दियो बधाई, अर्थतन्त्रमा देखिएका चुनौतीहरुको जुटेर समाधान गर्ने प्रतिवद्धता
National Life

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त अर्थ मन्त्री वर्षमान पुनसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

 

Shikhar
NIMB

सो अवसरमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

नव नियूक्त अर्थ मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया