Nepal Life

महालक्ष्मी विकास बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तीकरण योजना

National Life
  • BFIS News
  • 2024 Mar Fri 15:21
महालक्ष्मी विकास बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तीकरण योजना
RBB

काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनजी प्रा.लि.को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।

NIMB

यस अन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खदिको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता  तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि. ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ । 
 
यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने छ । साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपुर्ण उदाहरणको रुपमा रहनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार