Nepal Life

महाशिवरात्रिको अवसरमा नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई निःशुल्क भोजन

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 16:02
महाशिवरात्रिको अवसरमा नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई निःशुल्क भोजन
Sanima Reliance

काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ । वितरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि लिएर उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको छ । 

NIMB

दर्शनार्थीहरुको सुविधाका लागी स्टल महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगतका बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ । महाशिवरात्रिको अवसरमा देश विदेशबाट लाखौको संख्यामा भक्तालुहरु आएका छन् । 

पशुपति विकास कोषले भुक्तालुहरुलाई भोजन खुवानका लागि विभिन्न स्टकहरु राख्न पाउने व्यवस्था गरेको छ । आजको दिनमा बैंक वित्तीय संस्था तथा व्यवसायीहरुले संस्थागत सामाजिक उत्तरदायित्वका रुपमा यस्ता पुन्यका काम गर्ने गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया