Nepal Life

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 21:56
एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजनाको घोषणा
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण GESI योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गरेको छ ।

NIMB

GESI ले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण GESI योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प  स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व Women Leadership कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कणर्ाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ ।

Video: https://youtu.be/TpYwK-XwEfc

Website: https://nmb.com.np/gender-equity-and-social-inclusion-gesi

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया