Nepal Life

द्धिपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुत बिच छलफल

National Life
  • BFIS News
  • 2024 Mar Sun 20:49
द्धिपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुत बिच छलफल
RBB

काठमाडौं । उद्योग संगठन मोरङले बंगलादेश र नेपाल बिच हुनसक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीसंग छलफल गरेको छ ।  

NIMB

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्या अवगत गराउदै समाधानका लागि सहजीकरण गर्न राजदुत समक्ष आग्रह गरे । 

अध्यक्ष सुरानाले बंगलादेश स्थित व्यावसायीक संस्था तथा औद्योगिक पक्षहरुसंग संस्थागत सम्वन्ध विस्तारमा जोड दिदै उनले संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन ¥यालीका साथै नेपाल र बंगलादेशका उद्योगीहरु बिच सम्बन्ध बिस्तारका लागी आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरे । 

उक्त अवसरमा बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशका बिच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिचको सम्वन्ध विस्तारका लागि दुताबास निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताए । उनले निर्यातमा देखिएका समस्या समाधान लागि आफनो तर्फबाट पहल र प्रयास रहने स्पष्ट पारे ।  

राजदुत चौधरीले दिपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको ¥याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दुतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे । 

कार्यक्रममा उद्योग संगठन मोरङको पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार