Nepal Life

तथ्याङ्कमा अर्थतन्त्रको अवस्था धेरै राम्रो, विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै

NMB Bank
  • BFIS News
  • 2024 Mar 10 21:35
तथ्याङ्कमा अर्थतन्त्रको अवस्था धेरै राम्रो, विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालको आर्थिक अवस्था धेरै राम्रो देखिएको छ । तर जनताले प्रत्यक्ष रुपमा अनुभव गर्ने गरि आर्थिक अवस्था भने खासै राम्रो छैन । 

Shikhar
NIMB

विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धरै रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार डलर सञ्चिति १३ अर्ब ८९ करोड अमेरिकी डलर पुगेको छ ।

यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो भने २०८० माघ मसान्तमा आइपुग्दा १८.६ प्रतिशतले वृद्धि भएर १३ अर्ब ८९ करोड डलर पुगेको छ ।

गत असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भएको छ । यो रकम नेपाली मुद्रामा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांकले देखाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ अर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भएर २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया