Nepal Life

कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल फाइनलमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 10:27
कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल फाइनलमा
Sanima Reliance

काठमाडौं । कुशल भुर्तेलले हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा पपुवा न्युगिनीविरुद्ध अलराउण्ड प्रदर्शन गरेपछि नेपालले ८५ रनको जित निकाल्दै फाइनल प्रवेश गरेको छ। भुर्तेलले ५९ रन बनाउनुका साथै ४ विकेट लिए।

NIMB

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजी १६ दशमलव १ बलमा ११३ रनमा समेटियो। उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाए। यस्तै सेसे बाउले २१ रन बनाए। नेपालका भुर्तेलले ४ तथा प्रतिश जिसीले २ विकेट लिए। आकाश चन्द र गुलशन झाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले भुर्तेल र जोराको अर्धशतकीय पारीमा १९८ रन बनाएको थियो। भुर्तेलले ५९ रन बनाउँदा जोराले ५६ रन बनाए। विनोद भण्डारीले २७ तथा विवेक यादवले अविजित १९ रन बनाए। पिएनजीका असद भालाले २ विकेट लिए।

जितसँगै नेपालको २ खेलबाट ३ अंक जोडेको छ। हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ। आजै हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्दैछन्। यो खेलले बुधबार हुने फाइनल खेलमा नेपालसँग खेल्ने टोलीको टुंगो लाग्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार