NIMB Header 2
Nepal Life

सेयर बजारमा छायो हरियाली, नेप्सेमा दोहोरो अंकको वृद्धि

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 12 16:03
सेयर बजारमा छायो हरियाली, नेप्सेमा दोहोरो अंकको वृद्धि
National Life

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से ५८.५८ अंकले बढेको हो। यसदिन नेप्से २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दुमा पुगेको छ।  यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७६ अंक बढेको छ।

Shikhar
NIMB

अघिल्लो कारोबार दिन अर्थात गत आइतबार २ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस दिन ५ वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको हो।

हिमालयन ८०–२० को मूल्य सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य २.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४६३ रूपैयाँ कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँमा ३७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२६ रूपैयाँ ९० पैसामा २४ करोड ०९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया