Nepal Life

कृषिले विकास बैंकले घटायो निक्षेपको ब्याजदर, अब कति पुग्यो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 08:19
कृषिले विकास बैंकले घटायो निक्षेपको ब्याजदर, अब कति पुग्यो?
Sanima Reliance

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले निक्षेपको ब्याजदरमा कटौती गरेको छ। बैंकले चैत १ गतेदेखि लागू हुनेगरी ब्याजदरमा कटौती गरेको हो।  

NIMB

बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ भने व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ। यसअघि फागुनका लागि संस्थागतमा अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र व्यक्तिगतमा  ७.४४३० प्रतिशत रहेको थियो।  

व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजदर ४.२५५१, ६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ। त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ। १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ।  

संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत निर्धारण गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया