Nepal Life

विन नेपाल लघुवित्तको ९ औं वार्षिक साधारण सभा सम्पन्न, लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 14:22
विन नेपाल लघुवित्तको ९ औं वार्षिक साधारण सभा सम्पन्न, लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार सम्पन्न भएको साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

NIMB

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरि सर्वसम्मत रुपमा पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।   

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । सभामा फागुन ३ गतेसम्म कायम शेयरधनीहरुको उपस्थित रहेको थियो ।  

संस्थाले यस वर्ष सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिइ अर्को वर्षको लागि सञ्चित गरेर राखेको छ । सभाले एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया