Nepal Life

विन नेपाल लघुवित्तको ९ औं वार्षिक साधारण सभा सम्पन्न, लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित

NMB Bank
  • BFIS News
  • 2024 Mar 13 14:22
विन नेपाल लघुवित्तको ९ औं वार्षिक साधारण सभा सम्पन्न, लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरण पारित
National Life

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार सम्पन्न भएको साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

Shikhar
NIMB

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरि सर्वसम्मत रुपमा पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।   

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । सभामा फागुन ३ गतेसम्म कायम शेयरधनीहरुको उपस्थित रहेको थियो ।  

संस्थाले यस वर्ष सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिइ अर्को वर्षको लागि सञ्चित गरेर राखेको छ । सभाले एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया