Nepal Life

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 14:38
नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु
Sanima Reliance

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एकापसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो।

NIMB

दुवै कम्पनी १:१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन्।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन्।

धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया