Nepal Life

अपर तामाकोशीको शेयर सूचिकृत भएकै दिन नकारात्मक सर्किट, शेयर मूल्य कट प्राइस नजिक

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 15:20
अपर तामाकोशीको शेयर सूचिकृत भएकै दिन नकारात्मक सर्किट, शेयर मूल्य कट प्राइस नजिक
Sanima Reliance

काठमाडौं । नकिकेको हकप्रद शेयरको अक्सनमा अत्याधिक आकर्षण देखिएको अपर तामाकोशी शेयर दोस्रो बजारमा सूचिकृत भएकै दिन नकारात्मक सर्किट लागेको छ । कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गरि गत शुक्रवार शेयरधनीहरुको खातामा जम्मा गरिदिएको थियो ।

NIMB

शेयरधनीले खातामा आएकै दिन बिक्री गर्दा दोस्रो बजारमा नकारात्मक सर्किट लागेको हो । कम्पनीले हकप्रद शेयर आह्वान गर्दा बिक्री नभएको शेयर बोलकबोल मार्फत बिक्री खुला गर्दा लगानीकर्ताले लाइन बसेरै आवेदन दिए । कतिपय लगानीकर्ताले एक किता ४०० रुपैयाँका दरले सम्म आवेदन दिए । यसरी कम्पनीको हकप्रद शेयरको कट प्राइस १४८ रुपैयाँ कायम भएको थियो ।

तर दोस्रो बजारमा सूचिकृत भएकै दिन आज नकारात्मक सर्किट लागि १८३ रुपैयाँमा झरेको छ । ठुला लगानीकर्ताले नै १०० रुपैयाँमा भएको शेयर १८३ रुपैयाँमा भए पनि बिक्री गर्न जारी हुँदा मूल्य बढ्न सकेन । कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड पुगेको छ ।

अपर तामाकोशी राष्ट्रिय गौरवको आयोजना हो । यसको आम्दानी अन्य जलविद्युत कम्पनी भन्दा धेरै आकर्षक छ । अहिले हकप्रद शेयर मार्फत उठाएर रकम दीर्घकालिन कर्जा भुक्तानी गर्दा कम्पनीको व्याज खर्च घट्नेछ । यसको प्रत्यक्ष अप्रत्यक्ष असर वित्तीय विवरणमा पर्नेछ । कम्पनीले अझै पनि केहि समय लाभांश दिन भने सकस नै पर्नेछ । अहिले सत प्रतिशत पूँजी बढाएको कम्पनीको प्रतिशेयर आम्दानी भने धेरै तल रहनेछ । साथै प्रतिशतका हिसावले पनि लाभांशदर त्यति धेरै आकर्षक देखिने छैन । यसले गर्दा पनि दोस्रो बजारमा लगानीकर्ताको चार्मिङ नदेखिएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया