Nepal Life

हेर्नुहोस् कृषि विकास बैंकको सर्वाधिक पुराना ऐतिहासिक तश्विरहरु

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 15:45
हेर्नुहोस् कृषि विकास बैंकको सर्वाधिक पुराना ऐतिहासिक तश्विरहरु
Sanima Reliance

काठमाडौं । नेपालको ग्रामीण क्षेत्रका कृषकलाई कृषि ऋण तथा प्रविधि दिने उद्देश्य सहित स्थापना भएको कृषि विकास बैंकको स्थापना २०२४ साल माघ ७ गते भए पनि यसको सुरुवात २०२० सालमा भूमी सुधार तथा बचत सहकारी विकास बैंकको रुपमा सुरुवात भएको थियो ।

NIMB

यहि भूमि सुधार तथा बचत सहकारी विकास बैंकलाई २०२४ साल माघ ७ गते कृषि विकास बैंकको रुपमा स्थापना गरेको थियो । 

राजा विरेन्द्रले कृषि विकास बैंकको भवन २०३५ सालमा आफैले उद्घाटन गरेका थिए । 

कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया