Nepal Life

कुवेतमा गाडीको ठक्करबाट तीन नेपालीको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 10:43
कुवेतमा गाडीको ठक्करबाट तीन नेपालीको मृत्यु
Sanima Reliance

काठमाडौं । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो।

NIMB

बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए ।

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया