Nepal Life

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने, प्रतिफल सुनिश्चित

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 12:01
नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने, प्रतिफल सुनिश्चित
Sanima Reliance

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले प्रतवर्ष ८ प्रतिशत लाभांश सुनिश्चित गर्दै ५ अर्ब रुपैयाँको अग्राधिकार शेयर निष्काशन गर्न लागेको हो । 

NIMB

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त सेयर जारी गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो ।

उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ । यो उपकरणलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ ।

पछिल्लो समय प्राथमिक पुँजीकोष टाइट हुँदै गएपछि नबिल बैंकले अग्राधिकार सेयर जारी गरेर पुँजीकोष सजिलो बनाउने रणनीति लिएको देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया