Nepal Life

सरकारले कृषि बीमाको अनुदान नदिए पछि आजदेखि बीमालेख र दाबी भुक्तानी बन्द

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 13:55
सरकारले कृषि बीमाको अनुदान नदिए पछि आजदेखि बीमालेख र दाबी भुक्तानी बन्द
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छि बीमा बापतको अनुदान रकम नदिए पछि निर्जीव बीमा कम्पनीहरुले बाध्य भएर आजदेखि बीमालेख बिक्री गर्न बन्द गरेका छन् । नेपाल बीमक संघले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै नेपाल सरकारबाट अनुदान बापतको सम्पुर्ण रकम प्राप्त नभएसम्म बीमालेख स्थगन गरिदिन अनुरोध गरेको थियो ।

NIMB

नेपाल बीमक संघको अनुरोध सँगै आजदेखि सबै बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री गर्न बन्द गरेका छन् । बीमा कम्पनीहरुले नेपाल सरकार सँग २ अर्ब भन्दा धेरै रकम कृषि सँग सम्बन्धित बीमाको अनुदान रकम लिन बाँकी छ । बीमकहरु यस सम्बन्धमा कृषि विभाग, कृषि मन्त्रालय सँग बारम्बार बैठक बसिसकेका छन् । मौखिक तथा लिखित रुपमा धेरै पटक अनुरोध गर्दा पनि सरकारले भुक्तानी नदिए पछि कम्पनीहरुले आजदेखि बाध्य भएर बीमा रोकेका हुन् ।

बीमा कम्पनीहरुले पाउनु पर्ने रकम बढ्दै गएको हुँदा थप जोखिम लिन नसक्ने कम्पनीको भनाइ छ । यसरी सरकारबाट अनुदान रकम प्राप्त नहुँदा बीमितहरुलाई दाबी भुक्तानी गर्न पनि असहज हुँदै आएको बीमा कम्पनीहरुले जनाउदै आएका छन् ।

जवकी बीमा ऐन २०७९ अनुसार उधारोमा बीमा लेख जारी गर्न पाइदैन । तर सरकार नै ग्यारेन्टी बसेका कारण बीमा कम्पनीहरुले उधारो बीमा शुल्कमा बीमा पोलिसी जारी गर्दै आएका छन् । यसरी उदारोमा बीमा पोलिसी जारी गर्दा बीमा शुल्क भन्दा पहिला दाबी भुक्तानीको आवेदन आउने गरेको छ । यस्तो अवस्थामा पनि सरकारले अनुदान भुक्तानीमा चासो नदेखाए पछि बीमक संघको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि बीमा पोलिसी बिक्री गर्न र दाबी भुक्तानी पनि बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले धेरै लामो समयदेखि बीमा शुल्क बापतको अनुदान रकम भुक्तानी दिएको छैन । बीमा कम्पनीहरुले विगतमा जारी गरेका बीमालेखका आधारमा अनुदान रकम निम्न प्रकार छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया