NIMB Header 2
Nepal Life

सानिमा जिआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुने

National Life
  • BFIS News
  • 2024 Mar 15 08:15
सानिमा जिआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं। सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते छैठौं साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

काठमाडौंस्थि कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे साधारण सभा बस्नेछ। सभामा चुक्तापूँजी २ अर्बको २५ प्रतिशत (१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ भने सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया