Nepal Life

गोर्खाज फाइनान्सको आज साधारण सभा, शेयरधनीको हात खाली

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 08:34
गोर्खाज फाइनान्सको आज साधारण सभा, शेयरधनीको हात खाली
National Life

काठमाडौं। गोर्खाज फाइनान्सको साधारण सभा आज आयोजना हुँदैछ। सभा दिउँसो १ बजे बत्तिसपुतली काठमाडौंमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वैटमा आयोजना हुन लागेको हो।

Shikhar
NIMB

फाइनान्सले शेयरधनीलाई लाभांश भने नदिने भएको छ। लाभांशको कुनै अजेण्डा सभामा पेश गर्ने कार्यसूची छैन। सभामा संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५(घ) मा संशोधन गर्ने तथा सो का लागि नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्ने प्रस्ताव पारित गरिनेछ।  

लिमिटेडको दुई आवको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। संस्थाको गत फागुन २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २८ औं र २९ औं साधारण सभा आयोजना हुन लागेको हो।  

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया