Nepal Life

लाभांश वितरणको मूख्य प्रस्तावसहित डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 09:19
लाभांश वितरणको मूख्य प्रस्तावसहित डिप्रोक्स लघुवित्तले बोलायो साधारण सभा
National Life

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको मुख्य प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २५ गतेका लागि २२ औं वार्षिक साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

उक्त सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित हुनेछ। गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। बोनस सेयरपछि कायम हुने जारी तथा चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२ पुर्‍याउने प्रस्ताव पारित हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।  

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ।  

संस्थाले अन्य उपयुक्त 'घ' वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया