Nepal Life

लाभांश वितरण गर्दै ग्रीन डेभलपमेन्ट बैंक

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 08:42
लाभांश वितरण गर्दै ग्रीन डेभलपमेन्ट बैंक
National Life

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ। बैंकले दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वार्षिक साधारणसभा बोलाएको हो।

Shikhar
NIMB

चैत २७ गते सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरामा हुने साधारण सभामा लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। शेयरधनीलाई ३.८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

यसैगरी सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायतका विषय पनि पेश हुनेछन्। सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव हुनेछ।

त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नका लागि त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेस हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया