NIMB Header 2
Nepal Life

समस्याग्रस्त लालीगुराँस सहकारीलाई कार्यालय बन्द गरेर आवश्यक कागजात बुझाउन निर्देशन

IME LIFE
  • BFIS News
  • 2024 Mar 17 13:28
समस्याग्रस्त लालीगुराँस सहकारीलाई कार्यालय बन्द गरेर आवश्यक कागजात बुझाउन निर्देशन
United Ajod

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँस सहकारी संस्थालाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउन निर्देशन दिएको छ। आइतबार मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै कार्यालय बन्द गर्न र कुनै पनि कारोबार नगर्न - नगराउन आदेश दिएको छ।

Nepal Life
NIMB

मन्त्रालयले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम गत फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। सोहि ऐनको दफा १११(१) बमजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने पनि मन्त्रालयले जनाएको छ।

यस्तै समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न पनि सूचनामा आदेश जारी भएको छ भने सञ्चालक र कर्मचारीले समितिसमक्ष उपस्थित भइ आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न साथै साविक सञ्चालक र कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोवार नगर्न निर्देशन दिइएको छ।

बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखि समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछि समितिसमक्ष निवेदन पेश गर्न पनि सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया