आइपिओ निष्कासनको विशेष प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै

  • BFIS News
  • 2024 Mar Mon 07:51
आइपिओ निष्कासनको विशेष प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ। सर्वसाधारणका लागि आइपिओ जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश हुनेछ।

कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आइपिओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे बस्न लागेको हो।

यस्तै सभामा आइपिओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा पनि प्रस्ताव गरिनेछ। अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि पनि छलफल गरी पारित गरिने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार