Nepal Life

लाभांश वितरणको प्रस्तावसहित सपोर्ट लघुवित्तले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 09:06
लाभांश वितरणको प्रस्तावसहित सपोर्ट लघुवित्तले बोलायो साधारण सभा
National Life

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणको प्रस्तावसहित साधारण सभा बोलाएको छ।  चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको नवौं वार्षिक साधारण सभा आगामी चैत १७ गतेका लागि बोलाएको हो।

Shikhar
NIMB

सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा हाल कायम रहेको चुक्ता सेयरपूँजी ९ करोड ५२ लाख ३८ हजारबाट वृद्धि गरी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरिनेछ।  

संस्थाले विगत चारवर्षदेखि लगातार लाभांश वितरण गर्दै आइरहेको छ। गएको वर्ष ११ प्रतिशत दिएकोमा त्यस भन्दा अगाडी क्रमश ३० प्रतिशत र १० प्रतिशत वितरण गरिसकेको छ।

यस्तै सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने/प्राप्ति भई जाने सम्बन्धि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित हुनेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया