NIMB Header 2
Nepal Life

एउटा डिजिटल वालेटबाट सबै वालेटमा पैसा तिर्न मिल्ने

Muktinath Bank
  • बिएफआईएस न्युज
  • 2022 Feb 04 21:01
एउटा डिजिटल वालेटबाट सबै वालेटमा पैसा तिर्न मिल्ने
Everest Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अन्तरआवद्धता अनिवार्य गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी भुक्तानी प्रणालीमा अन्तरआवद्धता प्रणाली लागू गरेको हो ।

Shikhar
NIMB

राष्ट्र बैंकको निर्देशनपछि इसेवाको वालेटमा आइएमई पेबाट पैसा तिर्न मिल्ने छ । केही भुक्तानी सेवा प्रदायक कम्पनीले एक आपसमा यस्तो प्रणालीको विकास गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकले अन्तरआवद्धता भन्नाले कुनै पनि अनुमतिपत्र प्राप्त संस्थाको प्रणाली, संयन्त्र वा उपकरणलाई अनुमतिपत्रप्राप्त अन्य संस्थाको प्रणाली, संयन्त्र वा उपकरणसँग विनाअवरोध संयोजन गराउन सहयोग गर्ने व्यावसायिक, प्राविधिक, तथा कानुनी व्यवस्था भन्ने जनाउँने उल्लेख गरेको छ । । अन्तरआवद्धताले भुक्तानी सेवाका सहभागीलाई कुनै एउटा प्रणालीको सदस्य भई सोही प्रणालीमार्फत् अन्य प्रणालीसँग सूचना आदान प्रदान गर्न एवम् वित्तीय तथा भुक्तानी कारोबारको समाशोधन र फस्यौट गर्न सघाउँदछ।

निर्देशन हाललाई नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा, जस्तैः मोबाइल बैंकिङ्ग, मोवाइल वालेट, क्यूआर कोड , साना मूल्यका भुक्तानी प्रणाली मा आवद्ध अन्य सहभागी संस्था, ९समय समयमा साना मूल्यका भुक्तानी प्रणाली अन्तर्गत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले अन्यथा तोकेको अवस्थामा बाहेक, नेपालमा साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्ने वा साना मूल्यका भुक्तानी उपकरण जारी गर्ने सबै अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यससम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायीक मापदण्डहरुको पालना गर्नुपर्नेछ ।

कुनै संस्थाले सेवा सञ्चालन गर्दा यस्तो मापदण्ड पालना गर्न नसक्ने स्थिति सृजना भएमा यस बैंकको पूर्व स्वीकृति लिएर सेवा सञ्चालन गर्नुपर्नेछ। साना मूल्यका भुक्तानी प्रणाली सञ्चाल गर्न अनुमतिपत्रप्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्रप्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियमहरु बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन पाउने छैन ।

तर त्यस्तो पहुँच दिदा अन्य भुक्तानी प्रणाली वा संस्थावाट तरलता जोखिम, सञ्चालन जोखिम, लगायत प्रणालीगत जोखिम आउने सक्ने देखिएमा वा प्रणालीको सुरक्षामा नकरात्मक प्रभाव पर्ने पर्याप्त आधार देखिएमा अनुमतिपत्रप्राप्त संस्थाले आफ्नो प्रणालीमा तोकिएको समयसम्मको लागि पहुँचमा रोक लगाउन सक्नेछ । यसरी पहुँचमा रोक लगाइएको अवस्थामा सोको स्पष्ट आधार र कारण खुलाई सम्बन्धित संस्था र यस बैंकलाई यथाशीघ्र जानकारी गराउनु पर्नेछ ।

भुक्तानी प्रणाली सञ्चालकले भुक्तानी सेवा प्रदायक, अन्य भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रयोगकर्तालाई अन्य भुक्तानी प्रणालीमा सहभागी हुन प्रतिवन्ध लगाउन, सहभागी संस्थाबीच विभेद हुने गरी नियम बनाउन वा संस्थाको आकार वा भुक्तानी कारोबारको आधारमा पहुँच रोक्ने कार्य गर्न पाउने छैन ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेटलमेन्ट बैंकको रुपमा कार्य गर्दा गैर बैंक भुक्तानी सेवा सम्बन्धी संस्थालाई भेदभाव नहुने तथा संस्थाले प्रवाह गर्ने सेवा अवरुद्ध नहुने गरी आफ्नो संस्थामा सेटलमेन्छट खाता सञ्चालन गर्न दिनुपर्नेछ ।

तर यस्तो कार्यबाट भुक्तानी प्रणाली तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जोखिम हुने पर्याप्त आधार देखिएमा तोकिएको समयसम्मको लागि सेटलमेन्ट खाता सञ्चालन गर्न रोक लगाउन सक्नेछ । यसरी खाता सञ्चालनमा रोक लगाइएको स्पष्ट आधार र कारण खुलाई सम्बन्धित संस्था र यस बैंकलाई यथाशीघ्र जानकारी गराउनु पर्नेछ ।

भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआबद्धतासम्बन्धी सेवा दिदा सेवाग्राहीबाट प्राप्त हुन आएका तथ्याङको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्नेछ । साथै, तोकिएको सेवा प्रवाह गर्दा वाहेक अन्यत्र त्यस्तो तथ्याको प्रयोग नहुने सुनिश्चितता गर्नुपर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया