Nepal Life

व्यवसायी र व्यवसाय जोगाउने कार्यलाई प्राथमिकता दिदा बैंकहरुको खराव कर्जा बढ्यो, प्रभु बैकका अध्यक्ष सिटौलाको विचार

Global Ime detail Page
  • लिला प्रसाद सिटौला
  • 2024 May Sat 17:05
व्यवसायी र व्यवसाय जोगाउने कार्यलाई प्राथमिकता दिदा बैंकहरुको खराव कर्जा बढ्यो, प्रभु बैकका अध्यक्ष सिटौलाको विचार
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव र अधिक तरलताको एक किसिमको अवान्छित संयोगको अनुभव भोग्नु परिरहेको छ । निक्षेप र कर्जाका ब्याजदरमा भएको निरन्तर आरोह अवरोहले पनि बैंकहरुको आय व्ययको अवस्थालाई प्रत्यक्षरुपमा प्रभाव पारेको छ ।

NIMB

अर्थतन्त्रको बाह्य सूचकाड्ढहरु सकारात्मक देखिएता पनि आन्तरिक सूचकाड्ढहरुमा देखिएको शिथीलता, कर्जाको न्यून माग, पूँजी बजार, ठप्प जस्तै देखिएको विकास निर्माण, घरजग्गा तथा आयात निर्यात क्षेत्रमा देखिएको गतिहिनताका कारणले समग्र बैंकिङ व्यवसायमा नकारात्मक प्रभाव भोग्नु परेको तथ्य यहाँहरु समक्ष राख्न चाहान्छु ।

आज पनि विश्व अर्थतन्त्रले आर्थिक वृद्धि एवं वितरण लगायतको समस्याको सामना गरिरहेको छ । हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने दुई छिमेकी राष्ट्रहरुले भने तुलनात्मकरुपमा आफूलाई वर्तमानमा पनि विश्व समक्ष अब्बल सावित गरिरहेका छन् । जनसंख्या र अर्थतन्त्रका हिसाबले पनि यी दुई राष्ट्रले विश्वमै प्रमुख स्थान ओगट्न सफल भएका छन् ।

रुस युक्रेन युद्ध, इजरायल प्यालेष्टाइन युद्धसँगै कोभिडले छोडेर गएका डोबहरुको प्रभाव र तिनले सृजना गरेका विभिन्न किसिमका समस्याहरु अझसम्म विविधरुपमा विश्वले भोग्दैछ । फलतः विश्व अर्थतन्त्रकै वृद्धिदरमा संकुचन आएको छ ।

यस बैंकले प्रतिकुल वातावरणजन्य विवसताका बिच पनि आफ्नो छविलाई सवल बनाउन प्रयास गरिरहेको छ । गत आर्थिक वर्षमा मर्जर तथा प्राप्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याएसँगै बैंकले आफ्नो आन्तरिक क्रियाकलापहरुलाई चुस्त र दुरुस्त बनाउन तर्फ ध्यान केन्द्रित गरेको छ ।

दुई बेग्ला बेग्लै संस्कृति र वातावरणमा हुर्केर आएका कर्मचारीहरुको अनुभव, कार्यशैली, रफ्तार र क्षमतालाई एउटै मार्गमा ढाल्ने कार्य केही हदसम्म दुरुह, कठिन र समय लाग्ने खालका हुन्छन । यद्यपि ग्राहकहरुको अपेक्षा, निक्षेप तथा कर्जाहरुको तादम्यता, सम्पत्ति तथा दायित्वहरुको मिश्रण लगायत सबैजसो कार्यहरुलाई हामीले मिहिनतापूर्वक व्यवस्थापन गरिरहेका छौं ।

विगत केही समयदेखि अर्थतन्त्रमा देखिएको सुस्तता, सरकारी भुक्तानीमा देखिएको ढिलासुस्ती र नितीहरुमा देखिएको अनिश्चितताका कारण बैंकहरुको नाफा गर्ने क्षमतामा ह्रास आएको छ । हुनत, यो समय सँधै नरहला, तर निकट भविष्यमै अहिलेको अवस्थामा चमत्कारिक परिवर्तन हुन सक्ने सम्भावना निकै कम देखिन्छ । सरकारी आय व्ययमा देखिएको न्युनता, नीजि क्षेत्रहरुको कमजोर मनोवल, बैंकहरुको साँवा तथा ब्याज असुलीमा देखिएको समस्या, गैरकोषमा आधारित व्यवसायमा उत्पन्न बढ्दो दाबी, विभिन्न नीतिगत कारणले अन्य आयहरुमा आएको संकुचन, आयात निर्यातको प्रवृत्तिमा आएको ह्रास, विकास निर्माणका गतिविधिमा देखिएको गतिहीनता, उत्पादन र उपभोगमा आएको कमी, सहकारीमा देखिएको समस्या जस्ता कारणले हाम्रो अर्थतन्त्रमा सुधार आउन अझ केही समय लाग्ने अनुमान गर्न सकिन्छ ।

प्रभु बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आईपुग्दा आफ्ना वित्तीय सूचकाङ्कहरुमा केही सुधार गर्न सक्षम भएको छ । बैंकको माथिल्लो बिन्दुमा पुगेको निष्कृय कर्जाको असुलीनै अहिलेको हाम्रो सबैभन्दा ठूलो चुनौती हो । यस अवधिमा हामीले खुद नाफा करिब रु.१ अर्ब ८२ करोड बराबर गर्न सकेका छौं भने निष्कृय कर्जाको प्रतिशतलाई पनि केही मात्रामा घटाउन सफल भएका छौं । त्यसैगरी रु.२ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी रु.२ खर्ब ३९ अर्ब बराबरको कर्जा प्रवाह गरेका छौं । पूँजी पर्याप्तता अनुपातलाई पनि हामीले केन्द्रीय बैंकले तोके बमोजिम प्राथमिक पूँजी ८.८५ प्रतिशत र कुल पूँजी १२.५४ प्रतिशत कायम गर्न सकेका छौं ।

त्यसैगरी कर्जा निक्षेप अनुपात ८३.७० प्रतिशत रहेको छ भने औसत आधार दर ८.७५ प्रतिशतमा झरेको छ । विश्व बैंक, एशियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय निकायहरुले नेपालको कुल गार्हस्थ्य उत्पादन यस आर्थिक वर्ष ३ प्रतिशतको वरिपरि रहने र अरु केही वर्ष ४ प्रतिशतको हाराहारी मात्र रहने प्रक्षेपण गरेको छ ।

बाह्य सुचकाङ्कहरु, विप्रेषण आप्रवाह, विदेशी विनिमय मौज्दात, पर्यटक आगमनको प्रवृत्तिले केही आशा जगाएता पनि आन्तरिक आर्थिक क्रियाकलापहरुमा देखिएको शिथीलता चिन्ताको विषय बनेको छ । सम्रग बैंकिङ क्षेत्रमै बढ्दै गईरहेको कर्जा जोखिम अहिलेको बिकराल समस्याको रुपमा देखा परेको छ । वर्तमानमा सानादेखि ठूला सबै खाले उद्योग व्यवसायले समान प्रकारका समस्या भोगि रहेका छन् । बजारको मागमा व्यापक कमी आएको छ । क्षमता अनुसार उद्योग धन्दा चल्न नसकेको महिनौं भईसकेको छ । बजारमा उधारो उठ्न छाडेको छ भने उद्योगी, व्यवसायी पलायन हुने क्रम ह्वात्तै बढेर गएको छ । घर जग्गाको कारोबारमा आएको मन्दी, पूँजी बजारमा देखिएको शिथीलताका कारणले यी क्षेत्रको बजार मूल्यमा व्यापक गिरावट आएको छ । यस खालको कमजोर मनोबल बोकेर बसेका सबैलाई यस्तो परिस्थितिबाट सरकारले छिटो भन्दा छिटो बाहिर ल्याउन आवश्यक एवं यथोचित प्रयत्न गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रभु बैंकले बदलिंदो समयलाई अगिंकार गर्दै डिजिटल बैंकिङका विभिन्न पाटोलाई प्रभावकारी ढंगले अघि बढाईरहेको छ । जसका लागि आवश्यक पूर्वाधारको निर्माण, बाह्य कम्पनीहरुसँगको सहकार्यता, नव प्रविधिहरुको प्रयोग एवं तत् सम्बन्धी कुशल जनशक्तिको विकासमा जोड दिएको छ । फलस्वरुप यस बैंकको दैनिक कारोबारमा करिब ५० प्रतिशत हिस्सा डिजिटल माध्यमबाट हुने गरेको तथ्य सहर्ष जानकारी गराउँदछौं । बैंक भित्रका कार्यहरुलाई सुरक्षित, सरल र सजिलो रुपमा सम्पन्न गर्नका लागि प्रविधिमैत्री बनाउँदै लैजाने सन्दर्भमा बजारमा उपलव्ध र आन्तरिकरुपमा विकास गरिएका विभिन्न सफ्टवेयरहरुलाई सुरक्षितरुपमा प्रयोग गरिदै आएको छ ।

बैंकले तरलता अभावको समयमा विदेशी एजेन्सीहरुसँगको सहकार्यमा हरित लगानी अन्तर्गत ५० लाख डलर बराबरको वैदेशिक ऋण सम्झौता गरी उक्त रकम मुलतः बिद्युतिय सवारी शिर्षकमा लगानी गर्ने व्यवस्था गरेका छौं । अहिले पनि हामीले विभिन्न विदेशी संस्थाहरुसँग चरणवद्धरुपमा छलफल चलाईरहेको र निकट भविष्यमै केही रकम प्राप्त गर्ने विश्वास लिएका छौं ।

सन् २०२३ का लागि हामीले बेलायतको प्रसिद्ध म्यागेजिन द बैंकर मार्फत बैंक अफ दि इयर, नेपालको खिताव जित्न सफल भएका छौं । जसको सम्पूर्ण श्रेय हाम्रा शेयरधनी महानुभावहरु, कर्मचारी मित्रहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुलाई जान्छ । सबै बैंकहरु प्रर्वद्धकहरुको पूँजी, निक्षेपकर्ताहरुको निक्षेप, कर्मचारीहरुको परिश्रम, ऋणीहरुको ऋण तिर्न सक्ने क्षमता र नियामक निकायहरुको नियमनको माध्यमबाट सञ्चालनमा रहेका हुन्छन । यसैले बैंकि· भनेको विश्वासमा आधारित व्यवसाय हो । बैंकले पनि करिब ३० लाख निक्षेपकर्ता, ३० हजार ऋणीहरु, ३ लाख प्रर्वद्धक र नियामक निकायहरुको विश्वासलाई जिम्मेवारीका साथ आज पर्यन्त बोकेर हिडिरहेको छ ।

यस अवधिमा बैंकले अनेकन आरोह अवरोहहरुको सामना गर्नु परेको छ । सबै खाले अवरोहहरुको सामना गर्दै गर्दा वर्तमानमा सम्रग अर्थतन्त्रले भोगिरहेको अत्यास लाग्दो अधोगतिको साक्षी समेत बन्नु परिरहेको यर्थाथलाई लुकाइ रहनु पर्छ जस्तो लाग्दैन । सरकारले चालु आर्थिक वर्षको ८ महिनामा पूँजीगत खर्च जम्मा ८१ अर्ब मात्र गर्न सकेको अनुमान छ । सदाझै वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गर्ने प्रवृत्तिले यसपाली पनि निरन्तरता पाउने हो भने उत्पादन र उत्पादकत्वमा खासै योगदान हुने देखिंदैन ।

चालू पूँजी र वित्तीय खर्चले फड्को मार्दै गर्दा राजश्वको रकममा भने ठूलो कमी आएको तथ्याड्ढहरुले देखाउँछ । अहिलेको आर्थिक क्रियाकलापहरुको प्रकृति र प्रवृत्ति हेर्दा अझै कठिन दिनहरु आउने सम्भावनालाई नकार्न सकिंदैन । साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात हामीले शाखाहरुको मिलान, कर्मचारीहरुको पदस्थापना र सम्पत्तिहरुको व्यवस्थापनका कार्यहरुलाई लगभग टुङ्ग्याएका छौं ।

गत आर्थिक वर्षमा विविध कारणले बैंकले शेयरधनीहरुलाई प्रतिफल बाँड्न असर्मथ भयो । व्यवसायी र व्यवसाय जोगाउने कार्यलाई प्राथमिकतामा राख्दै गर्दा बैंकहरुको कर्जा नोक्सानी रकममा वृद्धि भई गत वर्षको वासलातमा केही परिवर्तन आएका कारणले यस्तो परिस्थितिको सिर्जना भएको हो । तर यस आर्थिक वर्ष र आगामी वर्षहरुमा बैंकले शेयरधनीहरुलाई यथोचित प्रतिफल प्रदान गर्नका लागि भरमग्दुर प्रयास गरिरहेको र गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।

(लिला प्रसाद सिटौला प्रभु बैंकको सञ्चालक समितिको अध्यक्ष हुन् । प्रस्तुत विचार प्रभु बैंकको २२ औं वार्षिक साधारणसभाबाट लिइएको हो ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया