Nepal Life

हाइड्रोपावरको बीमालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ, मिथुन पौडेलको विश्लेषण

Global Ime detail Page
  • मिथुन पौडेल
  • 2023 Aug Fri 13:51
हाइड्रोपावरको बीमालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ, मिथुन पौडेलको विश्लेषण
Sanima Reliance

काठमाडौं । आयोजना निर्माणका क्रममा प्राकृतिक प्रकोपका कारणले ठूलो क्षति भयो भने त्यसको क्षतिपूर्ति कसले बहन गर्ने ? यो विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नु पर्छ ।  खोलानाला नजिकका जलविद्युत आयोजना अत्यन्तै जोखिममा छन् । अहिले भइरहेको बीमा मार्फत वास्तविक क्षतिको दाबी भुक्तानी पाउन सकिदैन । बीमा कम्पनीहरुले पनि यसमा साथ सपोर्ट गर्न सकेका छैनन् । यसले गर्दा जलविद्युत आयोजनामा ठुलो क्षति पुग्ने वित्तीकै बीमा कम्पनीबाट प्राप्त हुने दाबीले अलिकति पनि पुनर्निर्माण गर्न सकिदैन । बैंकबाट पुनः ठुलो ऋण लिएर आयोजनाको पुनर्निर्माण गर्नु पर्छ ।

NIMB

जलविद्युतमा दुई वटा चरण हुन्छन् । पहिलो निर्माणको चरण र दोस्रो जलविद्युत उत्पादनको चरण । निर्माणाधिन आयोजनामा विशेषत सिएआर (कन्ट्याक्टर अल रिस्क)  र इएआर (इरेक्सन अल रिस्क) तथा ढुवानी पोलिसी रहेको हुन्छ । सिभिल र मेकानिकल इन्स्टलेसनको जोखिमलाई आधार मानेर बैंकहरुले बीमालाई अनिवार्य गरेका हुन्छन् । त्यस्तै सिपिएम (कन्स्ट्रक्सन प्लान्ट एण्ड मेसिनरी) निर्माण सामाग्रीको, इन्टलेसनको समयमा मेसिनरी ब्रेक डाउन, सामान आयातको समयमा मरिन पोलिसी भनेर जारी हुन्छन् । सँग सँगै सञ्चालनको समयमा सम्पत्ती बीमा, एलओपी अर्थात लस अफ प्रोफिटको बीमा गरिन्छ । 

तर, नेपालको परिस्थितिमा सबै जलविद्युत आयोजना खोलामा हुन्छन् । एक पटक भयंङकर क्षति भइसके पछि कुनै पनि संरचना बाँकी रहदैन । जवकी यहाँ सम्पत्ती बीमा मात्रै गरिएको हुन्छ । अव सम्पत्ती बीमाबाट आउने दाबी भन्दा पनि धेरै गुणा बढी क्षति भइसकेक हुन्छ । मानौ एक करोड बराबरको सम्पत्ती रहेको भनेर बीमा गरिएको थियो । तर बाढीले क्षति पुर्‍याए पछि त्यहि संरचना बनाउन ५ करोडले पनि पुग्दैन । अब बीमाबाट आउने त्यो एक करोडबाट डेभलपरलाई एक छेउ पनि राहात पुग्दैन । पछि उक्त सम्पत्ती खडा गर्ने बेसमेन्ट पनि बिनास गरिदिने भएकाले थप ठूलो रकम आवश्यक पर्छ ।

यस्ता फण्ड न त नेपाली डेभलपरले उठाउन सक्छन् न त सरकारले नै अनुदान दिएर सम्भव छ । त्यसैले जलविद्युत बीमालाई अन्तर्राष्ट्रियकरण गरेर यसका लागि छुट्टै फण्ड निर्माण गरेर बीमा शुल्कमा अनुदान दिने व्यवस्था गर्नु पर्छ ।

यसका लागि सबैभन्दा पहिला जलविद्युतको संरचनामा वर्गिकरण गर्नुपर्छ । सबैभन्दा पहिला सिभिल संचरना बनाउनुपर्छ । त्यस्तै सुरक्षा संरचना के कति हो भनेर छुट्याउनु पर्छ । यस विषयमा बृहत रुपमा अध्ययन गरिनुपर्छ ।

बीमा कम्पनीले पनि विज्ञहरु मार्फत जलविद्युत आयोजनाको बीमा गर्नु भन्दा अगाडि उक्त आयोजनाको हरेक किसिमका जोखिमको मूल्याङ्कन गर्नुपर्छ । यसरी पहिला नै जोखिमको मूल्याङ्कन गर्ने र संरचनाको तथ्याङ्क राख्ने हो भने भोलिका दिनमा दाबी भुक्तानीमा पनि सहज हुन्छ ।

जलविद्युतको बीमा पोलसीमा ल्याण्ड स्केप (आयोजना बनेको जमिनको) पनि बीमा पोलिसी आवश्यक छ । यदि ल्याण्ड स्केपमा क्षति भयो भने त्यसको पनि दाबी भुक्तानी दिने व्यवस्था हुनु पर्छ । यसो भयो भने जस्तो सुकै क्षति भएको संरचनालाई पनि सजिलै पुननिर्माण गर्न सकिन्छ । हाम्रोमा जलविद्युत आयोजनाको मात्रै होइन भूगोलको पनि बीमा गर्नुपर्छ । यसो भन्दै गर्दा बीमा शुल्क धेरै नै लाग्छ । यसरी सबै किसिमका जोखिम बहन गर्न थालियो भने आयोजनाले गर्ने आम्दानी भन्दा बीमा शुल्क मार्फत हुने खर्च अधिक हुन्छ । ‍ यसले गर्दा हाइड्रोपावरको जोखिम प्रवर्द्धकको दायरा भन्दा माथि गयो ।

बीमा कम्पनीहरुले अहिले निर्धारण गरेको बीमा शुल्कलाई हेर्ने हो भने १० मेगावाट क्षमताको आयोजनाको लागि ३/४ करोड बीमा शुल्क नै तिर्नु पर्छ । अब यस्तो बीमा शुल्क जलविद्युत आयोजनाले तिर्नै सक्दैनन् । अहिले जसरी बीमा कम्पनी र बीमा प्राधिकरणले सोचिरहेको छ, त्यस हिसाबले बीमा दीर्घकालिन छैन ।

हाइड्रोपावरको जोखिम प्रवर्द्धकको दायरा भन्दा माथि रहेकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । कति जलवायु परिवर्तनका कुराहरु हामीले गरेर भन्दा पनि भारत र चीनमा भएको विकासले, अमेरिकामा चलेको गाडीले, जर्मनीमा जलिरहेका विकासका कोइलाले गर्दा पनि हो । नेपाल जस्तो ठाउँ अझ हिमाली क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनालाई अन्तर्राष्ट्रियकरण गरेर बीमाको प्रिमियममा जलवायु परिवर्तनका विषयमा आउने फण्डलाई उपयोग गरिनु पर्छ । ठूलो जोखिम बहन गर्दै गर्दा मानौ एउटा आयोजनाको बीमा गर्दा २ करोड प्रिमियम पर्छ भने ८० लाख जलविद्युत प्रवर्द्धकले र बाँकी १ करोड २० लाख यस्ता कोषबाट तिर्नु पर्ने व्यवस्था गरिनु पर्छ ।

कार्वन सेभिङ बापतको पैसालाई विभिन्न क्षेत्रमा खर्च गर्ने भन्दा पनि जलवायु परिवर्तनले प्रत्यक्ष असर पुर्याएका क्षेत्रमा अनुदान दिने व्यवस्था गरिनु पर्छ । यसलाई बीमा शुल्कमा कन्भर्ट गर्नु पनि एउटा राम्रो उपाय हो । कम्पनीहरुलाई सिधै पैसा दिने भन्दा पनि बीमा कम्पनीहरुलाई बीमा शुल्क भुक्तानी गरिदिए पुग्छ ।

अन्तर्वार्ता हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया