Nepal Life

अधिकांशले जेठ महिनाका लागि निक्षेपको ब्याजदर घटाउँदा तीन बैंकले बढाए

NMB Bank
  • BFIS News
  • 2024 May 13 12:50
अधिकांशले जेठ महिनाका लागि निक्षेपको ब्याजदर घटाउँदा तीन बैंकले बढाए
National Life


काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्कअनुसार १० वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। यस्तै तीन बैंकले बढाउँदा ६ बैंकले भने स्थिर राखेका छन्।

Shikhar
NIMB

एभरेष्ट र नबिल बैंकले सर्वाधिक ०.५ बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएका छन् । व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक रहेका छन्  ।

व्यक्तिगत निक्षेपको ब्याज घटाउने यी बैंक मध्ये कुमारी बैंकबाहेक सबैले संस्थागत निक्षेपको ब्याज पनि घटाएका छन्। कुमारीले भने संस्थागत निक्षेपको ब्याज स्थिर राखेको छ।

जेठको लागि तीन बैंकले भने ब्याजदर सामान्य  बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमइ बैंक छन्। एनआइसी एसिया बैंकको ७.७५ प्रतिशतबाट बढेर ब्याजदर ७.८ पुगेको छ। प्रभु र ग्लोबल आइएमइ बैंक दुवैले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएका छन्।

अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ। यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्।

हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने संस्थागत र व्यक्तिगत दुवै तर्फको निक्षेपको ब्याज स्थिर राखेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया