Nepal Life

कान्तिपुरको समाचार रोक्न, ब्ल्यामेलिङ र मूल मुद्दा विषयान्तर गर्न पक्राउ पुर्जी जारी गरियो : सिरोहिया

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 15:29
कान्तिपुरको समाचार रोक्न, ब्ल्यामेलिङ र मूल मुद्दा विषयान्तर गर्न पक्राउ पुर्जी जारी गरियो : सिरोहिया
Sanima Reliance

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

NIMB

कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कान्तिपुरको समाचार रोक्ने ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका छन् ।

पक्राउ पुर्जी जारी भएपछि मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहियाले सहकारी ठगीको अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनुपर्ने सञ्चारमाध्यमको जिम्मेवारी भएकाले उल्लेख गरेका छन् ।

'सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,' अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ । उनले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

'राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,' उनले भनेका छन् ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया