प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

  • बिएफआईएस न्युज
  • 2022 Feb Sat 08:49
प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रवार २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

 

वार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय,प्रिमियर भवनको सभा कक्ष मार्फत सम्पन्न भएको हो । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए । कम्पनीले आ.व २०७७/७८ मा कूल बीमा शूल्क एक अर्व ९० करोड आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस सभाले कम्पनीको आ.व. २०७७/७८ मा चूक्ता पुंजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार