आईएमई लाइफको साख माथि उठाउन प्रवर्द्धकले लिएको जोखिममा कवि फुयालको अग्नी परीक्षा, ४ वर्षमै देखाइदिए नतिजा

  • अरुण सापकोटा
  • 2024 Jun Thu 15:04
आईएमई लाइफको साख माथि उठाउन प्रवर्द्धकले लिएको जोखिममा कवि फुयालको अग्नी परीक्षा, ४ वर्षमै देखाइदिए नतिजा

काठमाडौं । गैरव्यावसायिक पारिवारिक पृष्ठमूमिबाट छोटो समयमै व्यवसायिक घरानाको रुपमा स्थापित आईएमई समुहले हात हालेको कुनै पनि क्षेत्रले पछाडी फर्केर हेर्नु परेको छैन ।

नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाउनु भन्दा १० वर्ष अगाडी नै आइएमई समुहले जीवन कम्पनी खोल्ने योजना बनाएर सम्पुर्ण प्रकृयाँ पुरा गरेपनि लाइसेन्स नपाए पछि खारेजीको सोचमा पुगेको थियो । तर केहि सञ्चालकको ‘अहिले खारेज नगरौ’ भन्ने सल्लाहलाई स्वीकार गरेकै कारण २०७३ सालमा लाइसेन्स पायो ।

तत्कालिन समयमा लाइसेन्स पाउने मध्ये सबैभन्दा पहिला जीवन बीमा व्यवसाय शुभारम्भ गरेको आइएमई लाइफलाई सबैभन्दा शक्तिशाली र प्रतिस्पर्धी कम्पनीका रुपमा हेरिएको थियो ।

तर कम्पनीले सुरुवातमै जुन रफ्तारमा आफुलाई अगाडी बढाउनु पर्ने थियो त्यसरी अगाडी बढाउन सकेन । केहि समय कम्पनीले बजारबाट आफुले सोचे अनुरुपको प्रमुख कार्यकारी अधिकृत पाउन सकेन । बैंकिङ क्षेत्रका अनुभवी श्रीचन्द्र भट्टले जीवन बीमा व्यावसायको प्रतिस्पर्धामा आफुलाई उतार्न सकेनन् । उनि छोटो समय काम गरेर बाहिरिए । यस अवधिमा कम्पनीको प्रर्फरमेन्सलाई लिएर प्रवर्द्धक चिन्तित थिए ।

जीवन बीमा व्यावसाय बैंक फाइनान्सको जस्तो शाखा खोले जसरी चल्दैन । यसका लागि कम्पनीको प्रमुख नेतृत्व नै मार्केटिङमा तगडा व्यक्ति हुनु पर्छ भन्ने प्रवर्द्धकको बुझाइ बन्यो । वास्तवममा सुरुवाति अवस्थाको जीवन बीमा कम्पनीको पहिलो काम भनेकै धेरै भन्दा धेरै बीमा पोलिसी जारी गरि जीवन बीमा कोष बढाउनु हो । कोष भयो भने न यसका अन्य व्यवस्थापनका पाटालाई अगाडी बढाउन सकिन्छ ।

यहि कुरालाई मध्यनजर गर्दै कम्पनीले जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको खोजी गर्ने क्रममा कवि फुयाललाई नियुक्ति गर्ने निर्णय गर्यो । फुयालको बीमा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवलाई मूल्याङ्कन गर्दै कम्पनीले २०७७ भदौ ५ गते प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पियो । कम्पनीमा विद्यमान कर्मचारी भन्दा एकदमै कम अनुभव भएका फुयाललाई प्रमुख कार्यकारी अधिकृत बनाउदा केहि समय कम्पनी भित्र हलचल नै मच्चियो । अझ आइएमई लाइफको यो कदमलाई लिएर बजारमा ठुलै चर्चा हुन्थ्यो ।

फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए  । सूर्या लाइफबाट आएका उनले सिटिजन लाइफमा २ वर्ष काम गरे । सूर्या लाइफ भन्दा अगाडी उनि प्राइम लाइफमा थिए । उनको करिअर भने लक्ष्मी बैंकबाट सुरुवात भएको थियो । 

यसरी जीवन बीमा कम्पनीहरु मध्ये एकदमै कम उमेरका उनले आफुलाई स्थापित मात्रै गरेका छैनन् । प्रवर्द्धकको चाहना अनुरुप कम्पनीको रफ्तारलाई अगाडी बढाएका छन् । उनलाई मार्केटिङ सिइओ भनेर आलोचना गर्नेहरु पनि ‘होइन अव त उनि हरेक कुरामा योग्य देखिएका छन्’ भन्न थालिसकेका छन् ।

कम्पनीको साख अभिबृद्धिका लागि लक्षित विकास तर्फको नेतृत्व सचेतना, कम्पनीको उत्तम व्यावसायिक रणनीति तथा दक्ष कर्मचारीहरुका कारण नै अर्थतन्त्र संकुचित हुँदा पनि कम्पनीले कुल बीमा शुल्क तर्फ १७ प्रतिशत र नाफा तर्फ ६२ प्रतिशत बृद्धि गरि प्रभावशाली नजिता हासिल गर्न सफल भएको सिइओ फुयाल बताउछन् ।

कम्पनीले नेपालमै पहिलो पटक बीमा क्षेत्रबाट प्रिमियममा आइपिओ निष्काशन गरेर आफ्नो पूँजीकोष बलियो बनाएको छ । प्रिमियममा आइपिओ निष्काशन गरेर पनि सञ्चालकलाई एक वर्ष कुराएर नेपाल बीमा प्राधिकरणले निधार्ण गरेको चुक्ता पूँजी जुटाउन अपनाएको संयममिततालाई लिएर इन्ड्रष्ट्रिका अन्य सिइओहरुले फुयालको प्रशंशा समेत गरेका छन् ।

कम्पनीको प्रमुख चुनौतीको रुपमा रहेको न्युनतम चुक्ता पूँजीलाई सहजै जुटेको छ । नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पश्चात कायम गरेको चुक्ता पूँजी एक अर्ब ४० करोडबाट ५ अर्ब पुर्याउन विद्यमान संस्थापक शेयरधनीहरु सँग सत प्रतिशत हकप्रद निष्काशन गरि प्रिमियममा शेयर जारी गरेर सोहि प्रिमियमबाट बम्पर बोनस शेयर दिदै छ ।

अर्थात कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट सत प्रतिशत हकप्रद निष्काशन गरि २ अर्ब ८० करोड पुर्यायो । यस पछि सर्वसाधारणलाई एक अर्ब २० करोड आइपिओ जारी गरि ४ अर्ब पुर्यायो । कम्पनीले यहि जेठ २८ गते आह्वान गरेको साधारणसभाबाट २५ प्रतिशत बोनस शेयर पारित गर्दैछ । बोनस शेयर पारित भए सँगै कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब पुर्याउनेछ । यसरी कम्पनीले कुशलतापुर्वक चुक्ता पूँजी तथा पूँजी कोष बढाउन सफल भएको छ ।

कम्पनीले आधार मूल्यमै आइपिओ निष्काशन गर्ने निर्णयलाई खारेज गर्दै प्रिमियममा आइपिओ निष्काशन गर्ने कदमकै कारण आज कम्पनीको पूँजीकोष बलियो बनेको हो । यसले गर्दा कम्पनीलाई मर्जरको बाटो रोज्नु परेन । अन्य कम्पनीहरु मर्जर गरेर पछुताउदै गर्दा आइएमई लाइफ मर्जर विनानै आफुलाई शक्तिशाली कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

विगत ५ वर्षमा कम्पनीले हासिल गरेका उपलब्धीहरु

चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९० करोड रुपैयाँ जम्मा भइसकेको छ । विगत एक वर्षको अवधिमा मात्रै कम्पनीले यस्तो कोष २६.२० प्रतिशतले बढाउन सफल भएको हो । प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क, कुल बीमा शुल्क आर्जनलाई हेर्ने हो भने स्थापनाको पहिलो तीन वर्षमा खासै उल्लेख्य सुधार देखिदैन । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ विचमा तुलना गर्यो भने हरेक सूचकमा सत प्रतिशत सुधार देखिन्छ । त्यस पछिका वर्षमा कम्पनीले गरेका सुधारहरु लोभलाग्दो छ ।

बीमा शुल्क आर्जन

स्थापनाको पहिलो वर्ष कम्पनीको प्रथम बीमा शुल्क आर्जन ५३ करोड थियो । त्यस पछिको आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क आर्जन ९१ करोड ८९ लाख, २०७६/७७ मा एक अर्ब ४१ करोड, २०७७/७८ मा २ अर्ब ८२ करोड, २०७८/७९ मा ३ अर्ब ५८ करोड, २०७९/८० मा ४ अर्ब १८ करोड र २०८०/८१ को चैत मसान्तसम्ममा ३ अर्ब २९ करोड नाघिसकेको छ ।

कम्पनीको वित्तीय सूचक

स्थापनाको पहिलो वर्ष कम्पनीको जीवन बीमा कोष ३१ करोड ३४ लाख रुपैयाँ थियो । त्यस पछिको आर्थिक वर्ष २०७५/७६ मा ८७ करोड ४३ लाख, २०७६/७७ मा एक अर्ब ६४ करोड, २०७७/७८ मा तीन अर्ब ५ करोड, २०७८/७९ मा ४ अर्ब ६२ करोड, २०७९/८० मा ७ अर्ब ५ करोड र २०८०/८१ को चैत मसान्तसम्ममा ८ अर्ब ९० करोड नाघिसकेको छ । जीवन बीमा कम्पनीको सबैभन्दा सुन्दर पक्ष जीवन बीमा कोष हो । जुन कम्पनीको जीवन बीमा कोष धेरै हुन्छ त्यसलाई राम्रो मानिन्छ । समग्र जीवन बीमा व्यवसायको बजारको बृद्धिदरको तुलनामा आइएमई लाइफको दोब्बर भन्दा माथि रहेको छ । यस चैतमा जीवन बीमा व्यवसाय ५.१८ प्रतिशत सुधार हुँदा आइएमईको १०.२४ प्रतिशत छ । आर्थिक मन्दी तथा आम मानिसको क्रय शक्तिमा ह्रास आउदा जीवन बीमा व्यवसायमा ठुलो प्रभाव परिरहेको छ ।

बीमा व्यवसायमा आक्रामक सुधारको पछाडी सबैभन्दा ठुलो भुमिका अभिकर्ताको हुन्छ । अभिकर्ताको संख्याको बृद्धिदर हेर्दा पहिलो वर्ष ३३१० थिए । आजका दिनमा कम्पनीमा ३९ हजार भन्दा माथिको संख्यामा अभिकर्ता छन् । यसमा हरेक वर्ष बृद्धि देखिन्छ ।

त्यस्तै कर्मचारीको संख्या तर्फ विश्लेषण गर्दा पहिलो वर्ष १३८ जना कर्मचारी थिए । हाल २६५ जना छन् । गएको वर्षको तुलनामा यो वर्ष एक जना मात्रै बढेका छन् । कम्पनीको सोल्भेन्सी मार्जिन २.८० प्रतिशत छ । नेपाल बीमा प्राधिकरणले सोल्भेन्सी मार्जिन १.५० प्रतिशत निर्धारण गरेको छ । कम्पनीले एक अर्ब बोनस शेयर वितरण गरेपछि पनि जगेडा कोषमा एक अर्ब ८२ करोड बाँकी रहन्छ । आगामी वर्षमा पनि कम्पनीले आकर्षक लाभांश दिन सक्छ ।

कम्पनीले शहरी तथा ग्रामिण भेगमा रहेका न्यून वर्गित आयस्रोत भएका तथा पिछडिएका वर्गहरु माझ जीवन बीमा सम्बन्धी साक्षरता र पहुँच पुर्याउने लक्ष्य लिएको छ । यो लक्ष्यमा केन्द्रित रही आर्थिक वर्ष २०७९/८० मा सातै प्रदेशका प्रादेशिक कार्यालय अन्तर्गत रहेका १४९ वटा शाखा तथा उप-शाखा कार्यालय मार्फत बीमित, अभिकर्ता तथा सरोकारवाला वर्गलाई जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराउदै आइरहेको छ । आगामी दिनमा यस्तो संख्या अझै बढाउदै लैजाने कम्पनीको रणनीति छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया