NIMB Header 2
Nepal Life

एमजीको साइबरस्टरले पायो 'टप गियर इलेक्ट्रिक अवार्ड'

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Jun 09 15:54
एमजीको साइबरस्टरले पायो 'टप गियर इलेक्ट्रिक अवार्ड'
United Ajod

काठमाडौं । एमजीको साइबरस्टरले 'टप गियर इलेक्ट्रिक अवार्ड २०२४' पाएको छ। टप गियरको पाँचौं वार्षिक इलेट्रिक अवार्डमा एमजी साइबरस्टरले 'बेस्ट इभी रोडस्टर' को श्रेणीमा उपाधि जितेको हो।

Nepal Life
NIMB

टप गियर टोलीका विशेषज्ञहरूको समूहले यो गाडीको मूल्यांकन गरेका थिए। उनीहरूले एमजी साइबरस्टरलाई सर्वश्रेष्ठ इभी रोडस्टरको रूपमा मतदान गरेका हुन्।

टप गियर म्यागजिनका एसोसिएट सम्पादक टम फोर्डले भने 'साइबरस्टरले एमजी ब्रान्डलाई नयाँ उचाईंमा पुर्‍याएको छ। यो गाडी चलाउन पनि उत्तिकै रमाइलो र आरामदायी छ।'

साइबरस्टर परिष्कृत डिजाइन र विद्युतीय बाहन प्रविधिको नवीनतम आविष्कार हो।

यो सिंगल र डुअल मोटर विकल्पमा उपलब्ध छ। डुअल मोटर साइबरस्टर जिटीले ३७५ किलोवाट र ७२५ एनएमम टर्क जेनेरेट गर्छ। चार पाङ्ग्रे चल्ने यो जिटी जम्मा ३.२ सेकेन्टमा शून्यदेखि ६२ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया