काठमाडौको मेयर बन्न लागेका बालेन को हुन् ?

  • बिएफआईएस न्युज
  • 2022 May Sat 11:06
काठमाडौको मेयर बन्न लागेका बालेन को हुन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको दौडमा रहेका प्रमुख दलका उमेद्वारलाई असर पार्ने आकलन गरिएका बालेन शाह अन्तत जितको अन्तिम घेरामा उभिन सफल भएका छन् । यसरी राष्ट्रिय राजनीतिमा दख्खल जमाएर बसेका साथै लामो राजनीतिक विरासत बोकेका दल, तीनका प्रमुख नेता तथा कार्यकर्ताहरु जनमतको कदर गर्दै बालेन शाहको पक्षमा उभिएका छन् । कतिपयले बालेन शाह मेयर पदका उमेद्वार नभई राजनीतिक दल र तिनका नेता कार्यकर्ता प्रतिको आक्रोस पोख्ने विसौनी हुन् सम्म भन्न भ्याएका छन् ।

बालेनको पूरा नाम बालेन्द्र शाह हो । बुबा रामनारायण शाह र आमा ध्रुवदेवी शाह। यो परिवारको पृष्ठभूमि राजनीतिक होइन। उनका बुबा आयुर्वेदिक डाक्टर हुन् । काठमाडौंको नरदेवीमा जन्मे-हुर्केका बालेन पेसाले इञ्जिनियर हुन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट छन् । भाउजू बैंकमा काम गर्छिन् । बहिनी चित्रकार हुन् । बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन् ।

उनले काठमाडौंको भिएस निकेतनवाट प्लस टु गरे । खुमलटारको हिमालयन हवाइटहाउस इन्जिनियरिङ कलेजवाट सिभिल इन्जिनियरिङ र भारतको वैंगलोर वाट स्टक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनिले इन्जियरिङमा विशेषज्ञता हासिल गरेका छन् ।

भुकम्पपछि पुर्ननिर्माण को काममा एक संस्था मार्फत जोडिएका थिए । पुनर्निर्माणको काममा संलग्न भएकै समयमा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए । बालेन तिनै इञ्जिनियरबाट राम्रै प्रभावित भए । ती फ्रेन्च इञ्जिनियरले तिमीहरूको देश साँस्कृतिक रूपमा धनी छ तर पनि यो ठाउँ कसरी कंक्रिटको जंगल जस्तो भयो भनेर सोधेका रहेछन् । त्यो कुराले उनलाई निकै समात्यो । त्यस पछि शाहले काठमाडौंको मेयर बन्ने अभिलासा राखे ।

त्यहि अभिलासा पुरा गर्न उनले विगत चार वर्षदेखि निरन्तर आन्तरिक तयारी गरिरहेका थिए । उनले सामाजिक सञ्जालबाटै आफुलाई स्थापित गर्न सफल भए । पछिल्ला दिनमा मुलधारका मिडियामा छाएका बालेन त्यो भन्दा धेरै सामाजिक सञ्जाल मार्फत अत्याधिक परिचित भए । परिचित सँगै सबैको रोजाइमा पर्न सफल भए । अहिले खालि समयमा पनि आम मानिसहरु उनले विभिन्न मिडियामा दिएको अन्तर्वाता, उनका विचार र भनाई खोजि खोजि पढ्न थालेका छन् ।

सानै उमेरदेखि संगितमा रुचिराख्ने बालेन गायककार पनि हुन । नेपालको राजनैतिक अवस्था देखेर निरास बनेका उनि  नेपाल मजदुर किसान पाटिवाट प्रभावित भएर केहि समय अगाडि देखिनै काठमाडौको मेयर पदको तयारीमा लागेका थिए ।

मेयर पद कुनै पनि कम्पनीको सिइओ जस्तै हो भनेर तर्क गर्ने उनि काठमाडौको मेयर पद राजनैतिक रुपमा तुलना गर्न नहुने बताउछन् । काठमाडौ माहानगरको प्रमुख पदमा स्वतन्त्र उमेद्वारी दिएका उनले विना कुनै संगठन आफना विचार, योजना, भिजन मार्फत आम जनसमुदायलाई प्रभावित वनाएका छन् ।

यस स्थानिय तहको निर्वाचनको मत गणना भई रहदाँ  प्रमुख राजनैतिक दलका उमेदवालाई पछि पार्दै निरन्तर रुपमा उनले अग्रता बनाइ रहेका छन् । अहिले धेरैले अनुमान गरेको नेवारी समुदायलाई राजनैतिक दलको भोट बैंक मानिरहेको अनुमानलाई पनि उनले गलत सावित गरिदिएका छन् । उनले नेकपा एमालेकै उमेद्वार केशव स्थापितकै वडाबाट उनको भन्दा धेरै मत ल्याए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया