आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
- BFIS News
- 2022 May Wed 22:06
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।
यस्तै, बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई पनि २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया