Nepal Life

अर्थतन्त्रमा सुधार नआइ शेयर बजारले फड्को मार्दैन, केहि महिनामा गति लिन्छ : निरञ्जन टिवरेवालाको विश्लेषण

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 12:10
अर्थतन्त्रमा सुधार नआइ शेयर बजारले फड्को मार्दैन, केहि महिनामा गति लिन्छ : निरञ्जन टिवरेवालाको विश्लेषण
Sanima Reliance

काठमाडौं । नेपालमा मात्रै नभएर विश्वकै अर्थतन्त्रमा मन्दी छाइरहेको छ ।  आर्थिक मन्दी कायमै रहेकाले सरकार सबैभन्दा धेरै दवावमा परेको छ । आर्थिक गतिविधि सुस्ताउने वित्तीकै राजश्व संकलन स्वत घट्छ ।

राजश्वक एकदमै कम उठिरहेको सन्दर्भमा सरकार आफै कसरी खर्च धान्ने भन्नेमा चिन्तित छ । सरकारी जस्तो अवस्थामा रहेको छ त्यस्तै अवस्था उद्योगी व्यावसायीमा पनि छ । यो क्राइसिसको अवधि भएकाले व्यवसायीहरु भएको उद्योग व्यवसायलाई कसरी धान्ने, तलब, सुविधा कसरी भर्पाइ गर्ने भन्नेमा छन् । आर्थिक मन्दी अझै लामो समय नजाला तर सबैको चिन्ता यसलाई कसरी झल्ने भन्नेमै केन्द्रित छ ।

NIMB

पछिल्लो समय पर्यटन क्षेत्रमा केहि सुधार देखिएको छ । यस बाहेक कुनै पनि क्षेत्रले राम्रो कमाउन सकिरहेको छैन । सबै जना हात उठाएर बस्न बाध्य छन् ।

सरकारदेखि लिएर नीजि क्षेत्रले अर्थतन्त्र सुधारका लागि धेरै प्रयास गरिरहेका छन् । यो प्रयासको नतिजा केहि समयमा आउछ । अहिलेको अर्थतन्त्र आन्तरिक कारणले मात्रै नभएर ग्लोबल इकोनोमिमा आएको रिसेसनको प्रभाव हो । धेरै उद्योगहरु बन्द हुने अवस्थामा छन् कतिपयले कामै गर्न सकेका छैनन् ।

सिमेन्ट, रड उद्योगको व्यवसाय खस्किएको छ । उनिहरुको कर्जा डिफल्ट भइरहेको छ । बजारबाट समयमा पैसा पाइरहेका छैनन् । समग्रमा अर्थतन्त्र रोलओभर हुन सकेको छैन । व्यापारी उद्योगीले बिक्री गरेको सामानको पैसा समयमा नपाउने वित्तीकै सबैभन्दा पहिला बैंकको कर्जा डिफल्ट हुन्छ । डिफल्ट बढ्ने वित्तीकै बैंकहरुको खराव कर्जा बढ्छ ।

खराव कर्जा बढ्दैमा पैसा डुब्ने होइन । ठुलो लगानी गरेर व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुले सबै छाडेर भाग्ने भन्ने हुँदैन । भोलि बजारबाट पैसा उठ्ने वित्तीकै उनिहरुले पैसा तिरिहाल्छन् । यसले खराव कर्जा बढ्ने देखि लिएर प्रोभिजनिङ बढ्यो होला तर व्यवसायहरु लगभग यथावतै छन्  । अर्को तर्फ जोखिम लिएर पैसा रोलओभर गर्ने अवस्था पनि छैन ।

यो रिभाइभ हुन्छ नहुने होइन । तर अलिकति समय लाग्छ । सरकारले पनि अव दीर्घकालिन नीति बनाउन थाल्छ । आर्थिक गतिविधिमा सरकारको महत्वपुर्ण भुमिका रहने भएकाले सरकारले हरेक क्षेत्रका विज्ञलाई राखेर उनिहरुको सुझाव लिनु पर्छ । सरकारको डिप्लोम्याटिक रणनीति कसरी अगाडी बढ्छ त्यो पनि हेर्नु पर्ने हुन्छ । सरकारले बनाउने प्राथमिक रणनीनितिले बजारलाई प्ले गर्छ ।

यदि अहलेको जटिल अवस्थामा समाधानदेखिन थाल्यो भने शेयर बजारले ६ महिनामै गति लिन सक्छ । यस्तो अवस्थामा पूँजी बजार अलग्गै भएर बस्न सक्दैन । पूँजी बजार पनि अर्थतन्त्रको एउटा महत्वपुर्ण हिस्सा हो । शेयर बजारलाई सबैले आ-आफ्नो तरिकाले विश्लेषण गरिरहेका छन् ।

त्यसैले अर्थतन्त्र रिभाइव नभएसम्म पूँजी बजारमा पनि सुधार हुने देखिदैन । यस्तो अवस्थामा लगानीकर्ताले धेरै कमाउछु भन्ने सोच बनाउनु हुँदैन । धेरै राम्रा राम्रा कम्पनीको शेयर मूल्य ४/५ सय रुपैयाँमा झरेको छ । प्रायः कम्पनी २ सय हाहारीमा छन् । सूचिकृत कम्पनीको मुनाफादर घटिरहेको छ ।

अहिलेको अर्थतन्त्रको साइकल र शेयर बजारको साइकललाई विश्लेषण गर्न गाह्रो छ । परिस्थितिहरु एक पछि अर्को गर्दै बदलिइरहेका छन् । बजार बढ्नेमा दुई मत छैन तर कुन अवस्थामा अर्थतन्त्र सुधार देखिन्छ भन्नेमा भर पर्छ । अहिलेकै अवस्थामा बजार कति वेला सुधार हुन्छ भनेर अनुमान गर्न कठिन छ ।

यदि तपाईले दुई वर्ष नभइ बजार बढ्दैन भनेर विश्लेषण गर्नु भयो भने त्यो पनि गलत हुन्छ । त्यस कारण हामीले ४ देखि ६ महिनामा बजारलाई रिभ्यु गरेर हेर्नु पर्छ । यदि आर्थिक गतिविधि बढ्दै गयो, राजश्व संकलन बढ्दै गयो भने यसको सकारात्मक प्रभाव सबैभन्दा पहिला शेयर बजारमा पर्छ । हिजोका ५/६ महिना अगाडीको अर्थतन्त्र भन्दा अहिले धेरै सुधार देखिइसकेको छ ।

शेयर बजारको मूल्याङ्कन गर्दा हरेक ५/६ महिनामा रिभ्यु गर्नु पर्छ । बजार फड्को मार्छ कि मार्दैन भनेर थाहा पाउनका लागि यस्तो मूल्याङ्क गरेर हेरिरहनु पर्छ ।

विश्वका जुनसुकै देशमा शेयर बजारको सुधारमा सरकारको एकदमै महत्वपुर्ण भुमिका हुन्छ । बैंक वित्तीय संस्थाहरुको पूँजी धेरै हुँदा बजार बढ्न सकेन भन्ने कुरा छ । न्युनतम चुक्ता पूँजी नियामकले निर्धाण गरेको हो । राज्यले निर्धाण गरेको न्युनतम पूँजीको मापदण्डलाई ओभर क्यापिटलाइज भन्न मिल्दैन ।  

बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरु मर्ज भएका छन् । मर्जर हुने वित्तीकै उक्त कम्पनीको पूँजी धेरै हुने भयो नै । सँग सँगै मर्जर पछि खर्च कटौती हुन्छ । हामीले एकदमै हेर्नु पर्ने कुरा मर्जर पछि कर्मचारीलाई अन्य अवसर कसरी शिर्जना गर्ने भन्ने हो । तर यस्तो अवस्थालाई हेरिएको छैन । बैंक वित्तीय संस्थाको संख्या घट्ने वित्तीकै उनिहरुले अर्को बैंकमा अवसर पाउदैनन ।

अर्थतन्त्र रिभाइव हुने वित्तीकै स्वत बजारमा पैसाको माग हुन्छ । केहि बैंकहरुले कर्जालाई प्रोभिजनिङ गर्नु परेका कारण नाफा कम देखिएको छ । भोलिका दिनमा त्यो पैसा उठ्ने वित्तीकै प्रभिजनिङ घट्छ र बैंकको मुनाफा पनि धेरै देखिन्छ । सरकारको पहल पछि व्याजदरमा केहि सहजिकरण भएको छ । अहिलेको समयमा तरलता बढि भयो तर कर्जा लिने मान्छै छैन । त्यहि भएर बैंकहरुले कर्जाको व्याजदर घटाइरहेका छन् ।

शेयर बजारलाई हामीले ६ महिना अगाडीदेखि हेर्यौ भने अहिले धेरै परिवर्तन आइसकेको छ । शेयर बजारमा क्रमश सुधार आइरहेको छ । अवको ६ महिना पछि पनि शेयर बजारमा धेरै परिवर्तन आउछ । बजार घटिरहेको भए लगानीकर्ताका लागि चिन्ताको विषय हुन्थ्यो । बजार क्रमश बढिरहेको छ ।

आजको दिनमा कसैले पनि एक्लै बजार बढाउछु भनेर सम्भव छैन । एउटा कम्पनीको शेयर मूल्य बढाउन अर्बौ रुपैयाँ आवस्यक पर्छ । शेयर बजारका खेलाडीहरुले सुधार गर्न धेरै कोशिस गरिरहेका हुन्छन् । तर अहिलेको शेयर बजालाई म्यानुपुलेट गर्न सम्भव छैन । एउटा कम्पनीलाई चलाउन कम्तिमा पनि ५/६ अर्ब रुपैयाँ पैसा आवस्यक पर्छ । यस्तो सम्भावना एकदमै न्युन छ । त्यसैले शेयर बजारमा आज भोलिनै सुधार हुदैन । यदि कसैले बजार बढाउन खोज्यो भने पनि सप्लाइ आइहाल्छ । यस्तो सप्लाइ धान्ने अवस्थामा शेयर बजार छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया