Nepal Life

यि हुन् सबैभन्दा सस्ता विद्युतीय कार

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 19:41
यि हुन् सबैभन्दा सस्ता विद्युतीय कार
Sanima Reliance

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन चढ्ने सबैको चाहना हुन्छ । अझ दुई पाङ्ग्रे सवारी साधन चढिरहेकाहरुलाई त झन् चार पाङ्ग्रेमा अपग्रेड हुने चाहना हुनु स्वभाविक हो । चारपाङ्ग्रे सवारीमा अपग्रेड हुने सोच्दै हुनु हुन्छ भने नाडा अटो शोमा प्रदर्शनीमा रहेका कारहरु यी कारहरु तपाईंका लागि उत्तम विकल्प हुन सक्छ ।

टियागो ईभी

टाटाका लागि सिप्रदी ट्रेडिङले आयात गर्ने टियागो ईभी इन्ट्री लेभलको नेपालमा मन पराईएको कार हो । टाटा टियागो ईभी नेपालमा पाइने सस्तो कार हो ।

टाटा टियागो कार नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध छ । एक्स टी भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ । एक्स जेड भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ । एक्सजेड प्लस टेक लक्स हाइ भेरियन्ट कार हो । यो कारको मूल्य २९ लाख ९९ हजार रुपैयाँ पर्छ । कम्पनीले करिब एक वर्षमा टियागो ईभी १९०० युनिट बिक्री गरिसकेको छ ।

नामी

चिनियाँ कम्पनी डोङफेङले उत्पादन गरेको नामी कार पनि सस्तो इन्ट्री लेभलको कार हो । नामीका कारहरु नेपालमा एमएडब्लु वृद्धिले बिक्री गर्छ । नामीमा नामी ई-१,ई २ र ई ३ गरी तीनवटा मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । नामी ई को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

टाटाको पन्चको ३७ लाख र बिवाईडी डल्फिनको ४१ लाख रुपैयाँ पर्छ । तुलनात्मक रुपमा यी दुई कारभन्दा नामी सस्तो देखिएको छ । नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

सेरेस मिनी ईभी

सेरेस मिनि ईभी नेपाली बजारमा आएको सस्तो इन्ट्री लेभलको गाडी हो । मिनी ईभी १८० टपको १७ लाख ४९ हजार रुपैयाँ पर्छ। मिनी ईभी २२० टपको १८ लाख ९९ हजार रुपैयाँ पर्छ । १८० टप फुल अप्सनमा उपलब्ध छ । १४० एमएम ग्राउण्ड क्लेयरेन्स छ भने यो चार सिटे गाडीमा पीक पावर ४० किलोवाट छ ।

केई

नेपालका लागि केईका लक्ष्मी ईमोबिलिटी र जिओ अटो मोबाइल्सले नाडा अटो शोमा तीन वटा मोडल ल्याएको छन्।
इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ । यस्तै ३०० किलो मिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै इक्वीट ०४ को ३०० किलो मिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । एक्स बी प्रो ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शा मा यो गाडी किन्नेले एक वर्षको बिमा, एक वर्षको सडक करको सुविधा पाउनेछन् । इक्वीट २ र ४ इन्ट्री लेभलका कार हुन् ।

भोल्ट्स

एसक्युब इन्टरप्राइजेजले ल्याएको भोल्ट्स इन्ट्री लेभलको सस्तो कार हो । भोल्ट्सका दुई वटा मोडल नेपाली बजारमा उपलब्ध छ । एचईभी-३०० र एच मोडल उपलब्ध छ ।

एचईभी-३००को २५ लाख ९५ हजार रुपैयाँ पर्छ । नाडामा छुट सहितको मूल्य हो । पछि किन्दा यो गाडीको मूल्य २८ लाख रुपैयाँ पर्छ । भोल्ट एच भने २० लाख रुपैयाँभन्दा कम मूल्यको कार हो । यो कारको १९ लाख ९५ हजार रुपैयाँ पर्छ । यो पनि नाडाको अफर हो । यसको नियमित मूल्य २१ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ ।

ब्रम्बी

चिनियाँ यो कार एलएलआर ग्रुपले नेपाल ल्याएको हो । २३ लाख पर्ने यो कार नाडामा २१ लाख ९० हजार रुपैयाँमा नै पाइन्छ । ३० किलोवाटको मोटर छ । यो ह्याचब्याक कार हो । २०५ किमीसम्म रेन्ज दिन्छ ।

यदि इन्ट्री लेभलभन्दा माथि उक्लन खोजे उपयुक्त विकल्प टाटा पन्च ईभी हुन सक्छ । यो सस्तो मूल्यमा पाइने एसयुभी ईभी हो।

नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन् ।

उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ ।

एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया