के हो  इम्बोस्ड नम्वर प्लेट ?, नजोडे किन कारबाही ?

  • BFIS News
  • 2022 Jun Sun 11:54
के हो  इम्बोस्ड नम्वर प्लेट ?, नजोडे किन कारबाही ?

काठमाडौं । संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सुचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने जानकारी दिएको छ ।तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरु तयार छैनन् । प्लेटको गुणस्तर  कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै  प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

के हो  इम्बोस्ड नम्वर प्लेट ?

 

इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट भएको विभागको भनाई छ ।

धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । हाल देखिने नेपाली अक्षर र अंक अंकित प्लेट भन्दा इम्बोस्ड नम्बरको अंक र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ । 

कसरि पहिचन गर्ने ?

जस्मा नेपालको झण्डा  शुरुमा रहन्छ ।   NEP  ले नेपाल जनाउदछ ।   त्यसपछिको अल्फाबेट  A ले मोटरसाइकल , स्कुटर र मोपेड ।   B ले कार , जिप, डेलीभरी भ्यान, माइक्रोबस ।   C  ले टेम्पो, अटो  ,रिकसा ।   D  ले पावर टिलर ।   E ले  टयाक्टर ।  F ले मिनि बस, मिनि ट्रक, क्नटेनर  ।  G ले ट्रक, वस, लोरी ।   H ले डोजर ,रोड रोलर ।         I क्रेन, फायार ब्रीगेड लोडर ।   J,K ले अन्य लाइ जनाउदछ । त्यस पछिको २ वटा अल्फावेटले सवारी साधनको लट  कोड जनाउदछ । त्यस पछि सवारी नम्वर  हुन्छ। त्यसको माथिपटि  प्रदेशको जानकारी रहन्छ ।

फाइदा के ?

इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन ।

‘पहिलो कुरो त सवारी साधनको चोरीका घटनामा यसले नियन्त्रण गर्छ’ विभागका एक अधिकारी भन्छन्, ‘अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान एकदमै सजिलै गर्न सकिन्छ ।’

इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ । इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

जडान गर्न कहाँ जाने ?

२ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान सकिनेछ । ३ पांग्रे र र साना मझौला ४ पांग्रे सवारीलेसवारी परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।


 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया