Nepal Life

दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौँः सञ्चारमन्त्री गुरुङ

NMB Bank
  • BFIS News
  • 2025 May 15 20:53
दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौँः सञ्चारमन्त्री गुरुङ
National Life

काठमाडौँ, जेठ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् ।

Shikhar
NIMB

उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उनले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेका तीन सदस्य सिफारिस समिति गठन गरेको बताए ।

‘‘नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्युको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिए, त्यो डिफङ्ग भयो । त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ ।,’’ सञ्चारमन्त्री गुरुङले भने, ‘‘डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ । मान्य मन्त्रीज्युको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ । अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’’

मन्त्री गुरुङले हिमाली देशहरु जलवायु परिवर्तनका कारण बढी प्रभावित भएको भन्दै सगरमाथा संवादले विश्वको ध्यान केन्द्रित गर्दै विश्वव्यापी एजेन्डा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया