NIMB Header 2
Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड नाफा कमायो, व्यवसायमा उल्लेख्य वृद्धि

IME LIFE
  • BFIS News
  • 2025 Aug 15 12:21
हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड नाफा कमायो, व्यवसायमा उल्लेख्य वृद्धि
United Ajod

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा १३.७१ प्रतिशतले कम हो।

Nepal Life
NIMB

नाफा घटेपनि कम्पनीको बीमा व्यवसाय भने विस्तार भएको छ। अघिल्लो वर्ष १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले गत वर्ष ६.६० प्रतिशतले वृद्धि गर्दै १७ अर्ब २६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ।

जीवन बीमा कोष पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ६४ अर्ब ३९ करोड रुपैयाँ रहेको बीमा कोष १९.४८ प्रतिशतले वृद्धि भई ७६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

दाबी भुक्तानीमा पनि वृद्धि देखिएको छ। अघिल्लो वर्ष करिब ६ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेको कम्पनीले यो वर्ष २२.४३ प्रतिशतले बढाएर ७ अर्ब ३३ करोड रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ।

कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ८.१२ प्रतिशतले बढेर २३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

अभिकर्तालाई प्रदान गरिने कमिशन पनि ५.५९ प्रतिशतले वृद्धि भई १ अर्ब ३८ करोड रुपैयाँबाट १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ७.९० रुपैयाँबाट घटेर ५.९८ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १११.२० रुपैयाँ कायम छ। त्यस्तै, चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

महाविपत्ति कोषमा कम्पनीसँग ४६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा ७० करोड २९ लाख रुपैयाँ रहेको छ। कम्पनीले हाल पर्याप्त मानव संसाधनको अभाव, दीर्घकालीन लगानी अवसरको कमी र बजारमा बढ्दो प्रतिस्पर्धालाई मुख्य चुनौतीको रूपमा उल्लेख गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया