NIMB Header 2
Nepal Life

नाडा अटो शो २०२५ को आकर्षण: १८ लाखदेखि २ करोड २० लाखसम्मका नयाँ गाडी सार्वजनिक

Citizen Life
  • BFIS News
  • 2025 Aug 20 11:32
नाडा अटो शो २०२५ को आकर्षण: १८ लाखदेखि २ करोड २० लाखसम्मका नयाँ गाडी सार्वजनिक
National Life

काठमाडौं, भदौ ४ – राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२५ मा विभिन्न ब्रान्डका नयाँ गाडी सार्वजनिक भएका छन्। शोको पहिलो दिनमै १९ लाखदेखि २ करोड २० लाख रुपैयाँसम्मका आकर्षक गाडी सार्वजनिक भएका हुन्। अटो शोमा करिब आधा दर्जन नयाँ मोडलको गाडी सार्वजनिक गरिएको छ।

NIMB

सस्तोमा जेनपेङ, महँगोमा एक्सपेङ

नाडा अटो शोमा सबैभन्दा सस्तो गाडी जेनपेङ ब्रान्डका रहेका छन्। यसको आधिकारिक विक्रेता ठाकुर मोटर्स नेपालले लिनबाक्स ईसी०१ गाडी १८ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु गरेको छ। यो गाडी दुई भेरियन्टमा उपलब्ध छ।

-बेस भेरियन्टमा १९.२६ किलोवाट आवर ब्याट्री

- प्रिमियममा ३१.४५ किलोवाट आवर ब्याट्री रहेको छ

- दुवैमा ३५ किलोवाटको मोटर प्रयोग गरिएको छ

- प्रिमियम भेरियन्टको मूल्य २३ लाख ४९ हजार निर्धारण गरिएको छ

कम्पनीले नाडा अटो शोपछि मूल्य बढाउने बताएको छ। यता, सबैभन्दा महँगो गाडीका रूपमा सिजी मोटर्सले एक्सपेङ एक्स ९ को प्रिमियम भर्सन सार्वजनिक गरेको छ।

- गाडीमा २३५ किलोवाट मोटर र ८४.५ किलोवाट आवरको ब्याट्री

- एकपटकको चार्जमा ४८० किमी रेञ्जको दाबी

टाटादेखि बीवाईडीसम्म, इलेक्ट्रिक गाडीको प्रभुत्व

टाटा मोटर्सले पनि आफ्नो प्रिमियम मोडल सफारी तीन भेरियन्टमा सार्वजनिक गरेको छ:

- म्यानुअल: १ करोड २१ लाख ९९ हजार

- अटोमेटिक: १ करोड २९ लाख ९९ हजार

- डार्क एडिशन: १ करोड ३१ लाख

यसका साथै नेक्सन के३ र कर्भ ईभी समेत शोमा प्रदर्शित छन्। बीवाईडीले अटो २ मोडल सार्वजनिक गरेको छ, जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ।

- १०० किलोवाट मोटर, ३४५ किमी रेञ्ज

- ५१.१३ किलोवाट आवर ब्याट्री

- २०० एमएम ग्राउन्ड क्लियरेन्स

जीली, जेवाई एयर र एमएडब्लुका नयाँ मोडलहरू

एलआरआर मोटर्सले जीली इएक्स ५ म्याक्स र एक्स ५ प्रो सार्वजनिक गरेको छ।

- एक्स ५ म्याक्स: ६४ लाख ९९ हजार

- एक्स ५ प्रो: ५४ लाख ९९ हजार

जेवाई एयरका अल्ट्रा र लाइट मोडलमा पनि छुट दिइएको छ।

- अल्ट्रा: पूर्व मूल्य ६८ लाख, हाल ६४ लाख ९९ हजार

- लाइट: पूर्व मूल्य ५४ लाख, हाल ४९ लाख ९९ हजार

एमएडब्लु ग्रुपले नामी भिगो गाडी ३७ लाख ९९ हजार रुपैयाँमा ल्याएको छ। यसको टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रहेको छ। साथै, एस ०५ गाडी पनि नयाँ अपग्रेडसहित सार्वजनिक गरिएको छ, जसको टप भेरियन्टमा ५१० किमी रेञ्ज, रिमोट पार्किङ सुविधा छ।

सुजुकीको पहिलो ईभी र फ्लाइङ कारको आकर्षण

सुजुकीले नेपालमा पहिलो पटक आफ्नो इलेक्ट्रिक गाडी ई–भिटारा शोकेश गरेको छ।

- दुई ब्याट्री अप्सन: ६१ र ४९ किलोवाट आवर

- एक चार्जमा ५०० किमी रेञ्जको दाबी

- प्यानारोमिक सनरुफ, एलइडी हेडलाइटसहितका फिचर

- सबैभन्दा बढी ध्यान तान्ने फ्लाइङ कार

अटो शोमा सबैभन्दा बढी ध्यान तानेको गाडी भने फ्लाइङ कार हो, जुन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

- चालकविहीन गाडीमा २ जना यात्रु अट्ने

- विक्रीका लागि नभइ प्रदर्शनको लागि मात्र ल्याइएको

- तातोपानी नाकाबाट भित्र्याउने क्रममा १०० मिटर काँधमा बोकेर ल्याइएको

रोबोटदेखि भिन्टेज कारसम्म

अटो शोमा दौरासुरुवाल लगाएको रोबोट पनि आकर्षणको केन्द्र बनेको छ, जसले आगन्तुकहरूसँग अन्तरक्रिया गर्न सक्छ। त्यस्तै, हिरो र यामाहाले पनि नयाँ दुईपांग्रे गाडी सार्वजनिक गरेका छन् भने, एक दर्जन कमर्सियल गाडी र भिन्टेज कारहरू पनि शोमा देख्न पाइन्छ। नाडा अटो शो २०२५ भदौ ९ गतेसम्म चल्नेछ। नयाँ गाडी हेर्न र अफरको फाइदा उठाउन इच्छुकहरूका लागि यो सुनौलो अवसर हो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया