धौलागिरी लघुवित्तको संस्थापक तथा कर्मचारी सेयरको लक–इन अवधि असोज १९ मा समाप्त हुने
- BFIS News
- 2025 Sep 02 11:39
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (DLBS) ले आफ्ना संस्थापक र कर्मचारी सेयरहरूको लक–इन अवधि आगामी असोज १९ गते समाप्त हुने जनाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का हालैका निर्देशिका अनुसार, तीन वर्षअघि आईपीओ बाँडफाँटसँगै लक–इन अवधिमा रहेका सेयरहरू अब मुक्त हुनेछन्। कम्पनीले लगानीकर्ता र सरोकारवालालाई सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।
हाल धौलागिरी लघुवित्तका १३ लाख ३१ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध छन्। यसमध्ये २ लाख १ हजार कित्ता संस्थापक तथा १ हजार ५०० कित्ता कर्मचारी सेयर लक–इन अवधिमा रहेका थिए।
कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको छ। तर, सञ्चालक समिति र उच्च व्यवस्थापन तहका कर्मचारीको स्वामित्वमा रहेका सेयर भने लक–इन अवधि समाप्त भए पनि कारोबारयोग्य नहुने कम्पनीले स्पष्ट पारेको छ।
नेप्सेमा धौलागिरी लघुवित्तको सेयर मूल्य पछिल्लो कारोबारमा प्रतिकित्ता १,४३९.९० रुपैयाँमा बन्द भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया