Nepal Life

लेखक , पर्यटन व्यवसायी कर्ण शाक्यको नजरमा रवि लामिछाने को पार्टी

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Wed 19:45
लेखक , पर्यटन व्यवसायी   कर्ण शाक्यको नजरमा रवि लामिछाने को पार्टी
Sanima Reliance

 रबि लामिछाने को  पार्टी को बारेमा यस्तो लेखे कर्ण शाक्यले
"रबी  लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर नेपालमा बैकल्पिक राजनीतीको शंखनाद गरेकोछ।पहीलो यो संसदिय चुनाबमा यदी स्वतन्त्र पार्टीले सरकार बनाउन सकेन भने, के गर्ने ? यो चुनौतीको बिषय हो र यस्को सम्बोधन अैले नै गरे राम्रो होला जस्तो लाग्छ। 

स्वतन्त्र सांसदहरूले सरकार बनाउन सकेन भने,एक स्वतन्त्र बिधायकले  संसदमा कस्तो भुमिका खेल्न सकिन्छ भन्ने बारे मेरो मनमा केही कुरा फुर्यो, जुन यस प्रकारको छ। त्यो के हो भने, जनताले जिताएर स्वतन्त्र सांसद त बनायो,तर एक बिधायकले आफ्नो इज़्ज़त कसरी थाम्ने ? अरू पार्टीमा प्रबेश गर्ने कुरै भएन।गठबन्धन सरकारको मंत्री बनेर पावरको दलाली गर्नु भएन!  संसदमा २-३ मिनिट भाषण गरेर के नै झर्छ, सुतेर टेवल ठटाएर बस्नु भएन! त्यसो भए अब गर्ने के ? 

मेरो बिचारमा  :- 
रबी लामीछानेको लोकप्रियता उसको accountability credibility र जुझारूपन का कारण he and his team can win the election. But they may not have majority in parliament to form a government. In that situation , they can effectively act as dynamic parliamentarian and investigative Journalists combined. Their professional and intellectual synergic combination can bring a new positive change in the Nepali Politics. 

* जुन बेला सम्म स्वतन्त्र सांसदहरूले सर्कार भने बनाउन सक्तैन, त्यो बेला सम्म हरेक मंत्रालय कार्यालयमा कुनै पनी शंकास्पद बिबादास्पद प्रोजेक्टहरूमा बिधायकको हैसियतले officially जांचबुझ समिति खड़ा गरी project को निगरानी गर्न, तथ्य सत्य बुझी अनियमित भएको खंडमा संसद देखी सड़क सम्म “होसियार-खबर्दार-सरकार” को जनमुखी आवाज बुलन्द गर्ने।यत्ती गर्न सक्यो भने पार्टी,मंत्री,नेता, कार्यकर्ता,कर्मचारी सब उ देखी तर्सिन्छ र भबिस्यमा भ्रष्टाचार गर्ने ऑट गर्न सक्तैन। 

* स्वतन्त्र बिधायक Toothless Tiger, कागजी बाघ भएर बस्ने हैन ।संबैधानिक अधिकार प्रयोग गरेर राज्यको संरचना र संयन्त्रमा मनोबैज्ञानिक सकारात्मक दरभर, भय र त्राश शिर्जना गरी राज्यको प्रशासनिक संयन्त्रमा सुधार ल्याउने, अनी बिस्तारै बिध्यमान राजनैतिक ब्यक्तिगत, पार्टीगत  संस्थागत नाँगो भ्रष्ताचारको कृयाकलापहरू लाई उजागर गरेर “यस्तो पनी हुन सक्छ है” भन्ने सकारात्मक त्रासदीपुर्ण बातावरण शिर्जना गर्ने हो।

* बिधायक Stupid, Idiot अनपढ़ गँवार हुनै सक्तैन। एक सक्षम संसक्त बिधायक संधै अघ्ययनशिल हुनै पर्छ।हावादारी गफ नझाट्ने, ब्यहारिक ज्ञान हासिल गर्ने, तथ्य सत्यको अन्तरबस्तु बुझ्ने,सही सुचना संकलन गर्ने, सही बिचार प्रबाह गर्ने, जनता लाई सचेत बनाउने, हल्लाको भरमा हल्ला नगर्ने, Sense of Judgement जगाउने र सर्कार लाई सही मार्गदर्शन गर्ने।

* स्वतन्त्र सांसदको उदेस्य शासन चलाउनु भन्दा देशमा शुसासन ल्याउनु हो। तसर्थ राज्यमा सुसासन क़ायम गर्न, सरकार लाई दबाव दीएर आबस्यक Political Pressure buildup गर्ने। साथै Catalyst भएर पक्ष-बिपक्ष दुबैको राम्रो काममा सहकार्य गर्दै प्रभाकारी सहयोगात्मक भुमीका खेल्नु पनी हो। 

* Last not but least, स्वतन्त्र र संसक्त बिधायकले एक निस्पाप निःस्वार्थ political Robinhood  को भुमीका खेल्न सक्यो भने उस्लाई कुनै पद पावर चाहीदैन।मनमा ईमान्दारी, कांधमा जिन्मेवारी, डिमागमा शमझदारी बोकेर मन बचन कर्मले देशको सेवा गर्न जान्यो र सक्यो भने त्यो भन्दा ठुलो योगदान अरू हुदैन।
 

NIMB

(माफ गर्नु होला! म राजनीतिज्ञ हैन। बस मेरो अली भएको केही राजनैतिक Common Sense को आधारमा एक सचेत नागरिकको हैसियतले केही Humble बिचार पोख्ने जमर्को गरेको मात्र हूँ। भुल भए क्षमा प्रार्थी छु। )"

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया