NIMB Header 2
Nepal Life

हिमालयन लाइफको सिइओमा कपिल कुमार दाहाल : इनहाउस नेतृत्वबाट नयाँ यात्रा सुरु

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 30 15:34
हिमालयन लाइफको सिइओमा कपिल कुमार दाहाल : इनहाउस नेतृत्वबाट नयाँ यात्रा सुरु
National Life

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बजारबाट नभइ, आफ्नै उच्च व्यवस्थापन तहबाट सिइओ नियुक्त गरेको छ। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) कपिल कुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (CEO) को जिम्मेवारी दिइएको छ।

NIMB

यसअघि कम्पनीका सिइओ मनोजलाल कर्णले राजीनामा दिएपछि दाहाललाई कायम मुकायम सिइओको जिम्मेवारी दिइएको थियो। कर्णको कार्यकालको उत्तरार्धमा कम्पनीभित्रका असन्तुष्टि, कर्मचारी र अभिकर्ताबीचको मतभेद र बोनस दरका विषयमा उठेको विवादका कारण उनले पदबाट राजिनामा दिएका थिए।

कर्णमाथि सञ्चालक समितिप्रति मात्र उत्तरदायी भएको र बीमितको हितभन्दा शेयरधनीको लाभांश वितरणमा बढी जोड दिएको आरोप समेत लागेको थियो। मर्जरपछि पनि कम्पनीले आकर्षक लाभांश बाँड्न खोज्दा जगेडा कोष कमजोर हुने र बीमितको बोनस प्रभावित हुने स्थिति आएको कर्मचारीहरूको भनाइ छ। विशेष गरी ‘मनी ब्याक’ पोलिसीमा भएको घाटाले कम्पनीलाई थप दबाबमा पारेको छ।

मर्जरपछि साविकका तीन कम्पनीको एकीकृत व्यवस्थापन, कर्मचारी समायोजन, अभिकर्ताको असन्तुष्टि र नीतिगत चुनौतीबीच हिमालयन लाइफले स्थिरता खोजिरहेको छ। यही सन्दर्भमा इनहाउस सिइओका रूपमा कपिल कुमार दाहालको नियुक्ति ‘नयाँ नेतृत्व, नयाँ दिशा’ का रूपमा हेरिएको छ।

को हुन् कपिल कुमार दाहाल?

दाहाल वाणिज्य स्नातक र चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले सन् २००९ मा भारतको चेन्नईस्थित The Institute of Chartered Accountants of India (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेका थिए।

जीवन बीमा र निर्जीवन बीमा दुबै क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव बटुलेका दाहालले वित्तीय व्यवस्थापन, लेखा, अडिट, कर प्रणाली, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, मनी लन्डरिङ विरोधी कानुन (AML), अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (IFRS/NFRS) लगायतका विषयमा प्रशिक्षण र कार्यानुभव हासिल गरेका छन्।

सहकर्मीहरूको भनाइमा, दाहाल आत्मनिर्भर, समर्पित र परिणाममुखी व्यक्तित्व हुन्। उनी कम्पनीको आन्तरिक क्षमता, जोखिम व्यवस्थापन र वित्तीय अनुशासनलाई मजबुत बनाउँदै संस्थाको विश्वास पुनःस्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने तयारीमा छन्।

हिमालयन लाइफको यो निर्णयले बीमा क्षेत्रमा इनहाउस नेतृत्वप्रतिको विश्वास बढाएको छ। अब चुनौती दाहालको काँधमा छ— मर्जरपछिका अव्यवस्था, कर्मचारी असन्तुष्टि, अभिकर्ताको मनोबल र बीमितको हित सबैलाई सन्तुलनमा राख्दै कम्पनीलाई दीर्घकालीन स्थायित्व र पारदर्शितातर्फ अघि बढाउने।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया