NIMB Header 2
Nepal Life

२ अर्ब ६० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 03 13:11
२ अर्ब ६० करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६० करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ।

Shikhar
NIMB

केन्द्रीय बैंकका अनुसार उक्त रकम वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीहरूमा मुद्दति निक्षेपमार्फत लगानी गरिनेछ। यस अन्तर्गत वाणिज्य बैंकहरूमा २ अर्ब ८ करोड, विकास बैंकहरूमा ३९ करोड र वित्त कम्पनीहरूमा १३ करोड रुपैयाँ लगानी हुनेछ।

राष्ट्र बैंकले २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्मका लागि ३६६ दिन अवधिको मुद्दति निक्षेपमा यो लगानी गर्न लागेको जनाएको छ।

निक्षेपका लागि पात्र बैंक तथा वित्तीय संस्थाहरूले केही शर्तहरू पूरा गर्नुपर्नेछ। ती संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजी कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको सीमा भित्र रहेको, कर्जा–निक्षेप अनुपात स्वीकृत दायराभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने सर्त तोकिएको छ।

यस्तै, जरिबाना भुक्तान गरेका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) संस्थामा कायम नभएको, यदि रहेका भए जरिबाना भुक्तान गरेको मितिले कम्तीमा ६ महिना बितिसकेको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्तमा समावेश छ।

त्यसैगरी, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको ६ महिना पूरा भएको, साथै सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने पनि केन्द्रीय बैंकले जनाएको छ।

उक्त निक्षेपमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव पठाउन राष्ट्र बैंकले आह्वान गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया