NIMB Header 2
Nepal Life

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा‍. यादवबिच भेटवार्ता

National Life
  • BFIS News
  • 2025 Nov 05 22:21
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा‍. यादवबिच भेटवार्ता
Sanima Reliance

काठमाडौँ, कात्तिक १९ गते।  प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ।

Shikhar
NIMB

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी, राजनीतिक वातावरण तथा समसामयिक विषयहरूबारे विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले आफू जेन–जेड आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने दिशामा लागिपरेको बताउनुभयो।

भेटका क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलहरू चुनावमा सहभागी हुनुपर्ने र कोही पनि त्यसबाट भाग्न नहुने धारणा राख्नुभयो।
उहाँले सरकारका तर्फबाट भइरहेको तयारी, संवाद र समन्वयको प्रशंसा गर्दै भन्नुभयो,“राजनीतिक दलहरू चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो। तपाईंहरूले निर्वाचनका लागि गर्नुभएको तयारी र सबै पक्षसँग गरिएको संवादले सकारात्मक वातावरण बनाएको छ। निर्वाचन आयोगलाई बजेट दिनुभएको छ, बन्दोबस्ती सामग्रीको व्यवस्था भइरहेको छ— यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि संवाद गर्नुहोस्, जसले दलहरूलाई चुनावमा जान प्रेरित गर्न सक्छ।”

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमार्फत कसरी निर्वाचन सम्भव भएको थियो भन्ने अनुभव पनि सुनाउनुभयो।
त्यस क्रममा उहाँले त्यसबेलाको सुरक्षा स्थिति र भूराजनितिक परिवेशबारे पनि चर्चा गर्नुभयो।

उहाँले आगामी निर्वाचनका लागि सबै सुरक्षा निकायबीच सुदृढ समन्वय आवश्यक रहेको बताउँदै भन्नुभयो,“दलहरूले चुनावको अपरिहार्यता बुझिसकेका छन्। आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिने विश्वास मलाई छ। चुनावको विकल्प छैन— कुनै पनि बहानामा यो प्रक्रियालाई रोक्नु हुँदैन।”

भेटवार्तामा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो।
यसअघि हिजो मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमा पुगेर भेटवार्ता गर्नुभएको थियो।

सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरूसँग संवादलाई तीव्रता दिएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया